प्रेस स्वतन्त्रताको विषयमा गम्भिर बन्न मिडिया एक्सनको आग्रह

0
934

विर्तामोड ।

मिडिया एक्सन नेपालले प्रत्येक वर्ष मे ३ मा मनाइँदै आएको विश्व प्रेस स्वतन्त्रता दिवस यस वर्ष विश्वब्यापी महामारी कोरोनाका तथ्य उजागर गर्ने चुनौतिवीच पत्रकारहरूका लागि थप जिम्मेवारी बोध गर्ने र साहस देखाउने दिवसका रुपमा स्मरण गर्न सवै पत्रकाहरूलाई आह्वान गरेको छ ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् । दिवसका सन्दर्भमा मिडिया एक्सन नेपालका अध्यक्ष पन्तद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भय र पक्षपातरहित पत्रकारिताको नारा दिइएको यस वर्षको प्रेस स्वतन्त्रता दिवसको अन्तर्य पत्रकारले निर्भयपूर्वक सत्य र तथ्यपरक सूचना उत्पादन र सम्प्रेषण गरी भ्रामक र गलत सूचनाको रोकथाम तथा विश्वसनीय पत्रकारिताको प्रवर्धनमा योगदान पु¥याउन सकेमात्र पुरा हुनेछ ।’

पछिल्लो समय कोरोना नियन्त्रणसम्बन्धि सामग्री खरिदमा भएको अनियमितता मिडियाले उजागर गरेका घटनामा पत्रकारहरूलाई हतोत्साही गरिनु र एक अनलाइनको समाचार ह्याक गरी स्वतन्त्र प्रेसमाथि सकारका विज्ञबाटनै अवरोध सिर्जना गर्नुजस्ता घटनाहरू स्वतन्त्र प्रेसका सन्दर्भमा सरकारको प्रतिवद्धता, मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६ को धारा १९ र नेपालको संविधान, २०७२ को धारा १९ ले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकविरूद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी चितवनमा कोरोनासम्बन्धि रिर्पोटिङका क्रममा पत्रकारहरू प्रमिता ढकाल, विनोद रिजाल र अर्जुन अधिकारीलाई दुरब्यवहारसहित पक्राउ गरिनु, स्थानीय सरकारका प्रतिनिधिहरूबाट विभिन्न ठाँउमा समाचारको विषयमा पत्रकारहरूलाई त्रास र धम्की दिइनु, रेडियो नेपालका कार्यकारी निर्देशक तथा समाचार प्रमुखलाई समाचारको विषयलाई लिएर सञ्चार मन्त्रालयबाट स्पस्टीकरणसहित कारवाही गरिनु जस्ता घटनाहरू निन्दनीय रहेको मिडिया एक्सनले जनाएको छ ।

‘सरकार र राज्यका निकायको गलत काममा निगरानी गर्ने वातावरण सिर्जनाले लोकतन्त्र बलियो हुने र सत्य तथा तथ्यपरक सूचनाले मात्रै नागरिक स्वतन्त्रताको संरक्षणमा सहयोग पुग्ने भएकाले विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताका आफ्ना प्रतिवद्धता पुरा गर्न मिडिया एक्सन नेपाल सरकारलाई आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here