ग्लोवल एजुकेसन लिडर्स फोरम इण्डियाको नेपाल संयोजकमा निलडेविड

0
893

विर्तामोड ।

नेपालका चर्चित हेयर स्टाइलिष्ट निलडेविड कटुवाल भारतको प्रतिष्ठित शैक्षिक संस्था ग्लोवल एजुकेसन लिडर्स फोरम इण्डियाको नेपाल संयोजकमा नियुक्त भएका छन् ।

संस्थाका अध्यक्ष एसके सिंहले संस्थाको नेपाल संयोजकमा आफूलाई नियुक्त गरेको जानकारी दिएको निलडेविडले बताए । झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपूरका निलडेविडले ग्लोवल एजुकेसन लिडर्स फोरम इन्डिया विश्व्यापी शैक्षिक संस्था ग्लोबल इडु लिडर्सको एउटा अंग भएको बताउँदै यो नियुक्तिले आफूलाई अझ जिम्मेवार भएर काम गर्न प्रोत्साहन दिएको जानकारी दिए ।

सन् २००६मा काठमाडौको काठमाडौं मलमा निलडेविड हेयर एण्ड व्युटी सैलुन स्थापना गरी महिला र पुरुषलाई एकैपटक सेवा दिन शुरु गरी हाल नेपाल र भारतमा गरी ८० वटा भन्दा वढी निलडेविड इन्टरनेशनल युनीसेक्स सैलुन स्थापना गरी सयौं युवालाई रोजगारी दिनुका साथै हजारौंलाई सेवा दिइरहेकोले उक्त शैक्षिक संस्थाले आफुले गरेको कामको मूल्याङ्कन गरी नेपाल संयोजकमा नियुक्त गरेको उनले बताए ।

उक्त संस्था मार्फत नेपालको शैक्षिक क्षेत्रमा विभिन्न रचनात्मक कार्य गर्ने उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here