लकडाउनका कारण भारतमा ८ लाख लिटर बियर नष्ट हुने सम्भावना

0
936

एजेन्सी,

लकडाउनका कारण भारतमा ८ लाख लिटर बियर नष्ट हुने त्यहाँका बियर उत्पादक कम्पनीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ।

लकडाउनका कारण देशभरका बजार तथा उद्योगधन्दा कलकारखाना बन्द भएकाले यस्तो समस्या देखिएको हो। यस्तो अवस्थामा भारतका २ सय ५० भन्दा बढी बियर उत्पादक साना कम्पनीहरुमा क्षति पुग्ने बताइएको छ। बन्द भाडामा भन्दा तयारी अवस्थामा राखिएका ताजा बियर नष्ट भइरहेका उत्पादक कम्पनीहरुले बताएका छन्।

भारतका उत्तरमा रहेका राज्यहरुमा तयारी अवस्थामा राखिएका ७ सय करोड रुपैयाँ बराबरका बियर बजारमा पुग्न सकेका छैनन्। लकडाउनका कारण बेच्न नपाइएकाले बियर नष्ट हुने अवस्था झनै बढ्ने बताइएको छ।

यस्तोमा बियर उत्पादन कम्पनीहरुले राज्यले बियर बेच्न दिने अनुमति कुरेर बसेका छन्। भारतका बियर उद्योगका परामर्शदाता एक जना इसान ग्रोबरले भने, ‘यस बेला बोतलबन्द बियरभन्दा पनि तयारी अवस्थामा राखिएका ताजा बियर नष्ट भइरहेका छन्।

गुरुग्रामका कतिपय कम्पनीले ताजा बियर नालामा बगाइदिएका छन्।’ बियरलाई ताजा अवस्थामा राख्दा विद्युत् खपत झनै बढेको र लकडाउन खुल्ने अवस्था नरहेकाले यस्तो गरिएको हुन सक्ने उनले बताए। भारतमा पछिल्लो समय बियर खाने मानिसको संख्यामा वृद्धि भइरहेको छ। गर्मी लागेसँगै बियरको माग बढ्ने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here