प्रहरीलाई डिसइन्फेक्सन बुथ

0
1258

बिर्तामोड,

राउण्ड टेबल बिर्तामोड २७ ले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडलाई डिसइन्फेक्सन बुथ हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट बचाउन सरकारले जारी गरेको लकडाउनको अवस्थामा आफ्नो जिम्मेवारी पूरा गरिरहेका स्वास्थ्यकर्मी, प्रहरी एबम् सञ्चारकर्मीहरुलाई सरकारले उचित प्रबन्ध गर्न नसकिरहेको अवस्थामा राउण्ड टेबल बिर्तामोड २७ ले भने प्रहरीलाई कोरोनाको जोखिमबाट बच्नका करिब ५५ हजारको लागतमा तयार गरिएको डिसइन्फेक्स्न बुथ प्रदान गरेको हो ।

सस्थाका सदस्य दीपक मित्तलले २० दिनसम्म पुग्ने उक्त डिसइन्फेक्स्न बुथलाई चाहिने स्यानीटाइजर उपलब्ध गराएको बताए । बुथको उद्घाटन इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले गरेका थिए । संस्थाका अध्यक्ष सुमित मङ्गलले सामाजिक कार्यमा सकृय राउन्ड टेबल बिर्तामोडले आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

सस्थाका सदस्य मिजास पोख्रेलका अनुसार संस्थाले यसअघि जिल्ला कारागार झापामा रहेका कैदीबन्दीहरुका लागि प्राथमिक उपचारका लागि चाहिने औषधि र सर्जिकल सामग्रीहरु बितरण गरेको थियो । त्यस्तै संस्थाले बिर्तामोड –३ बिराटपोखरका अति बिपन्न बर्गका मानिसहरुलाई खाद्यान्न समग्री बितरण गरेको संस्थाका सचिव सुमित साहेवालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here