अखाद्य सामान बेच्ने व्यापारी धरौटीमा रिहा

0
1430

लहान,

म्याद गुज्रेको २८ बोरा मैदासहित पक्राउ परेका सिरहाको लहानका व्यापारी पवन मुन्धडा रु तीन लाख धरौती तिरेर रिहा भएका छन् ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन टोलीले गत वैशाख २१ गते गोदामभित्र म्याद गुज्रेको मैदा ट्रकमा लोड गरी बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा मैदासहित मुन्धडालाई पक्राउ गरेको थियो ।

कुनै पनि गुणस्तरहीन, म्याद समाप्ती, बिल विजक नभएका, लेभल नभएका वस्तु ढाँटेर वा झुक्याएर बिक्री वितरण गरेमा रु दुईदेखि तीन लाखसम्म जरिवाना गर्ने कानूनी प्रावधानअनुसार व्यापारी मुन्धडासँग रु तीन लाख धरौटी तिराएर रिहा गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईँले जानकारी दिनुभयो ।

वीरगञ्ज खाद्य उद्योग प्रालि परवानीपुर पर्साद्वारा उत्पादित राजहंस ब्राण्ड उच्चस्तरको मैदा आधुनिक मेसिनबाट उत्पादित भनिएको मैदा तीन महिनाअघि नै गुज्रिए पनि गोदाम राखेर बिक्री वितरण गरिरहेको पाइएकाले कारवाही गरिएको प्रजिअ गुरागाईँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here