सर्तसहित खुकुलो पारियो लकडाउन, अब यी क्षेत्र खुल्नेछन्

0
1418

काठमाडौं ,

सरकारले सर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्‍ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो।

बैठकले सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्री गर्न पाउने निर्णय गरेको छ। सम्बन्धित स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपंक्षीसम्बन्धी, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ। यसैगरी फलफूल र दुग्ध जन्य वस्तुको उत्पादन र विक्री वितरण गर्न पाइने भएको छ।

स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्‍चालन र पाठ्यपुस्तक विक्री गर्ने पसल तथा ढुवानी गर्ने सवारी जनक शिक्षा सामग्रीबाट अनुमति लिएर चलाउन पाउने निर्णय सरकारले गरेको हो। उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ।

यस्तै राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ। त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक श्रमिकरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखेको छ। यस्तै गिट्टी बालुवा उत्पादन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुले बढीमा एक तिहाइ कर्मचारीबाट सेवा प्रदान गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ।

सार्वजनिक सेवाका क्षेत्रहरुमा एकचौथाई सवारीलाई मात्र पास उपलब्ध गराउने, सञ्चालनमा आउने विभिन्‍न उद्योग प्रतिष्ठानहरुले श्रमिकलाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने अनुमति सरकारले दिएको छ। उनीहरुलाई कम्पनीले स्थानीयसँग सम्पर्क नहुनेगरी खाजाको व्यवस्था गर्नुपर्ने छ।

त्यसको खर्च उद्योगहरुले व्यहोर्ने र कार्यस्थललाई नियमित स्यानिटाइजेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ। यस्तै इन्टरनेट, वर्कप लगायतका क्षेत्रमा बढीमा ५ जना कामदार रहने गरी सञ्चालन गर्न पाउने निर्णय पनि सरकरले गरेको छ। अन्तर्राष्ट्रिय सीमानाकाहरु जेठ १८ गतेसम्म बन्द राख्ने निर्णय पनि सरकारले गरेको छ।

सीमानाका खुला गरेपनि खाद्यान्‍न लगायत अत्यावश्यक सामग्री बोकेका सवारी भने सञ्चालन हुनेछन्। शैक्षिक संस्थाहरु, गैर खाद्यवस्तु विक्री गर्ने व्यवसायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुन लगायत अन्य मान्छेहरुको बढी भिड हुने क्षेत्रहरु अर्को सूचना जारी नभएका सम्म्का लागि बन्द नै राख्‍ने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद्को निर्णयपछि सञ्चालनमा आउने उद्योगहरु :

१) खाद्यान्‍न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु

२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग

३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु

४) खाने पानी उत्पादन गर्ने उद्योगहरु

५) इँटा उद्योग

६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग

७) खाने तेल तथा घ्यू उद्योग

८) चिनी उद्योग

९) चिया प्रशोधन उद्योग

१०) एलपीजी ग्याँस उद्योग

११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग

१२) कफि उद्योग

१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग

१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग

१५) मसला उद्योग

१६) अलैंची र अदुवा प्रशोधन उद्योग

१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग

१८) धान चामल र चिउरा उद्योग

१९) दाल उद्योग

२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग

२१) खानी तथा खनिजजन्य उद्योग

२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग

२३) सिमेण्ट उद्योग

२४) आइरन तथा स्टिलउद्योग

२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग

२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग

२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग

२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग

२९) प्लाइउड र भेनिर उद्योग

३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु

३१) जस्ता पाता उद्योग

३२) हेभी मेशीनरी औजार मर्मत संभार

३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)

३४) समिल र काष्ठ उद्योग

३५) आल्मुनियम उद्योग

३६) ग्रील उद्योग

३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग

३८) ढुवानी तथा कार्गो सेवा उद्योग

३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग

४०) मोटर ग्यारेज वर्कसप उद्योग

४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग

४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग

४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग

४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here