मोरङ।

मोरङको मिक्लाजुङ गाउँपालिका–७ बेलगौडे बस्ने ६० बर्षीया सानुमाया लम्सालको पानीको इनारमा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो साँढे १ बजेको समयमा लम्साल आफ्नै घर अगाडी रहेको पानीको ईनारमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको बताइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































