दिलकुमार लिम्बू
ताप्लेजुङ,
४० जिल्लाका ६२ पत्रकारले लकडाउनको अवस्थामा इन्टरनेट प्रविधिको प्रयोग गरेर एक सातालामो विपत् व्यवस्थापनतालिम पूरा गरेका छन् ।
नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजनातथा बेलायतस्थितबर्नमथयुनिभर्सिटीको सहयोगमा सम्पन्न यस तालिममाविपत्को समयमापत्रकारले समेट्नुपर्ने विषय र अंगीकार गर्नुपर्ने गाम्भीर्यकाविषयमाविस्तृत छलफल भयो ।
बर्नमथयुनिभर्सिटीका प्रा. आइनार थोरसन र डा. चिण्डु श्रीधरणले स्रोत व्यक्तिका रुपमाछापा, प्रसारण र अनलाइनमाध्यममा सक्रिय नेपालीपत्रकारलाई प्रशिक्षण दिनुभएको थियो । थोरसन बर्नमथयुनिभर्सिटीस्थित मिडिया तथा सञ्चार विभागकाकार्यकारी डीन पनि हुनुहुन्छ । 
प्रेस इन्ष्टिच्यूटका तर्फकाट वरिष्ठ पत्रकार कपिलकाफ्ले, मण्टेश्वरी राजभण्डारी, लक्ष्मण उप्रेती रमोहन नेपालीले सहजीकरण गर्नुभएको थियो । यसैगरी विज्ञ प्रशिक्षक विज्ञान शर्माले पनि सहभागीलाई तालिमदिनुभयो ।
कुल एक सय २८ पत्रकारहरुले तालिमकालागिनिवेदनदिएकोमा ६२ सहभागीलाई मात्र यस पटकका लागि छानिएको थियो । नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीले बिहीबार कार्यक्रमको समापनगर्दै पत्रकारको चाहनालाई सम्मानगर्दै अर्को समूहकालागिपनितालिमदिने तयारी भैरहेको जानकारी दिनुभयो । समापनकै क्रममामहासचिव लक्ष्मण हुमागाईंले लकडाउनका समयमापनि समय निकालेर प्रक्षिणमा सहभागीभएकोमा सम्पूर्ण पत्रकारप्रतिआभार प्रकट गर्नुभयो ।
सहभागीपत्रकारले तालिमको ज्ञानको सदुपयोग गर्दै कोरोनाभाइरसको महामारीलगायतकाविपत्काविषयमाकम्तीमा एक–एक थान समाचार तयार पारेपछि प्रमाणपत्र पाउने व्यवस्था छ ।































