बिर्तामोड ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने झापाले विभिन्न संघ संस्थाकोे सहयोगमा शुरु गरेको ‘एकका लागि एक’ अभियानलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण भोकभोकै रहनुपर्ने अवस्थामा रहेका विपन्न, गरीव तथा असहाय परिवारलाई सहयोग गर्न झापामा शुरु गरिएको एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत बिर्तामोडस्थित जामे मस्जिद मुनौवराका सचिव एजाज अहमद अन्सारी र सदस्य सर्फराज शेखले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
उनीहरुले उक्त रकमको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेका थिए । अभियानका संयोजक गिरीले एक विपन्न परिवारका लागि दुई हजार रुपैयाँको खाद्य सामग्रीको प्याकेज बनाइएको र स्थानीय सरकारको समन्वयमा अति विपन्नको पहिचान तथा राहत वितरण शुरु गरिएको जानकारी दिए ।
अभियानको लक्ष्य एक हजार परिवारलाई राहत पु¥याउने भएपनि सहयोगी हातहरुले स्वतःस्फूर्त रुपमा सहयोग रकम जम्मा गर्ने क्रम बढेपछि अभियान अन्तर्गत ४० लाख रुपैयाँ संकलन गरी दुई हजार परिवारलाई राहत वितरण गरिने उनले वताए ।































