“बहादुर सावित हुनु छ “

0
766

आतङ्कको बस्तीबाट
कोरोना नामको मायावी राक्षस
निस्केको छ विश्वभ्रमणमा
वडेमानको हाब्रो वाएर
आउदै छ तिमीतिरै
ताकेर तिम्रो बस्ती
तिमीलाई नै माध्यम बनाउदै
निल्दैछ हुलका हुल मान्छे ।
सुन्दैछौ उसको अट्टहास ?
उठ जाग !
लडाइको वेला छ
महासंग्राम चलेको छ
यो आपदको घडीमा
युद्धमा होमिएर
बहादुर सावित हुनु छ
बहादुर हुन
छप्काउन पर्दैन खुकुरीले कसैको टाउको
छोडनु पर्दैन कुनै मिसाइल र छेप्यास्त्र
न पडकाउनु पर्छ तोप र बन्दुक
न ओछ्याउनु पर्छ एम्बुस
उसलाई हराउने
केवल एक उपाय
उसको एउटा कमजोरी
उ तिम्रो सहारा विना बाच्न सक्दैन
तिमी विना नाच्न सक्दैन
कमजोरीको फाइदा उठाउ
परास्त गर कोरोना
संयम र धैर्यको कवच लगाई
बन्द गर आफूलाई
घरको कोठाभित्र
सात्विक बन
एकान्तवास बस
कायम गरि सामाजिक दुरी
देखाउ आफ्नो बहादुरी
विना तिम्रो सहारा
कोरोना अवरूद्ध हुन्छ
उसको अट्टहास मन्द हुन्छ
र उसको ताण्डव बन्द हुन्छ ।

गीता निरौला भण्डारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here