‘भारतले लिपुलेक हुँदै मानवसरोवर जोड्ने सडक बनाएको बारे सरकारको धारणा के हो ?’

0
789

काठमाण्डौ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतले विवादित क्षेत्र लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने सडक बनाएर उद्घाटन गरेकोबारे नेपाली कांग्रेसले नेपाल सरकारको धारणा माग गरेको बताउनुभएको छ ।

प्रवक्ता शर्माले ट्विटरमा लिपुलेक नेपालको भूमि रहेको र भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएकोमा नेपाल सरकारको धारणा जान्न चाहेको बताउनुभएको हो ।

नेपाली भूभागबारे उच्चस्तरीय कुटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्नु सरकारको दायित्व रहेको उहाँले बताउनुभएको छ ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here