इलामका मकै खेतीमा फौजी किरा

0
837

युद्धबहादुर बोहोरा / इलाम,

इलामका कृषकले लगाएको मकैबालीमा फौजीकिराले आक्रमण गर्न थालेपछि स्थानीय कृषकहरु चिन्तित बन्न थालेका छन् ।

जिल्लाको फाकफोेकथुम गाँउपालिकाका केही वडाहरुमा अमेरिकन जातका मिचाह फौजीकिराले मकै तथा लहरे बालीमा क्षति पुर्‍याउन शुरु गरेको स्थानीय बासीहरुले बताए । फाकफोकथूम—२,धार्नेखोप निवासी दिपक पौड्याल भन्छन्, केही दिन अगाडि निरन्तर वर्षा सँगै असिना परेर मकैको पात च्यातेकको थियो । त्यस पछि लगतै पातमा सेतो देखिन थाल्यो । आजभोलि झन गुबो खाएर बोट मर्न थालेको उनले बताए।

मकै खेतीमा रोग फैलिन थालेकाले बेलैमा नियन्त्रणका लागि कदम नचाले उत्पाद शुन्य हुने साथै बिउको समेत अभाव हुने आशँका बढेको किसानहरु बताउँछन् । केही दिन अघि छिमेकी जिल्ला पाँचथरका विभित्र क्षेत्रमा यो रोग भित्रिएको खबर सुनिए लगतै फाकफोेकथुम गाँउपालिकामा पनि देखिएको छ ।

गत वर्ष यस पालिकाका केही वडामा यस किसिमको समस्या देखिए तापनि न्यून क्षति भएको र यस वर्ष समस्या आएमा कृषकले सम्बन्धित वडा मार्फत तत्काल पालिकाको कृषि शाखामा जानकारी गराउँन आग्रह गरिएको फाकफोकथुम कृषि शाखा प्रमुख बशन्त भट्टराइले जनाए ।

यो साल पनि मकै बालीमा किराको महामारी देखा पर्न थालेको किसानले समस्या बताए सगैँ यसको रोकथाम तथा नियन्त्रणको लागि प्राविधिकद्धारा आवश्यक परामर्श सहित किराको प्रकोप क्षेत्रमा एकैपटक जैविक विषादी छर्कर्ने तयारी भएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here