विज्ञ भन्छन्- विश्वमा कोरोना सङ्क्रमितको वास्तविक संख्या थाहा पाएभन्दा धेरै

0
619

काठमाण्डौ,

विश्वमा कोरोना सङ्क्रमितको संख्या लगातार बढ्दै गएको छ । कोरोना सङ्क्रमणको परीक्षणको दायरा बढाउन नसक्नु र सङ्क्रमितको सत्य तथ्य तथ्यांक नदिनुले सङ्क्रमणको जोखिम अझै उच्च रहेको विज्ञले चेतावनी दिएका छन् ।

अहिले पनि दिनहुँ कोरोनाको सङ्क्रमणका कारण नागरिकको ज्यान जाने गरेकोले जोखिम उच्च नै रहेको विज्ञलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विज्ञहरुले कोरोना भाइरसबाट सङ्क्रमित हुनेको वास्तविक संख्या अहिले थाहा भए भन्दा धेरै रहेको कुन सक्ने पनि बताएका छन् । उनीहरुले परीक्षणको दायरा बढाउनु पर्नेमाजोड दिएका छन् ।

स्पेन, इटाली, फ्रान्ससहितका देशमा दैनिक ज्यान गुमाउनेको संख्या कम हुँदै गएको छ । तर लकडाउन खुकुलो पार्न थालिएकाले फेरि सङ्क्रमण फैलने सक्ने जोखिम रहेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

विश्वमा कोरोना सङ्क्रमितको संख्या ४१ लाख नजिक पुगेको छ ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here