विश्वमा कोरोना सङ्क्रमितको संख्या ४१ लाख नाघ्यो

0
688

काठमाण्डौं ।

विश्वमा कोरोना सङ्क्रमितको संख्या ४१ लाख नाघेको छ ।

अहिलेसम्म ४१ लाख ७ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा १३ लाख ४७ हजार ३ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा सङ्क्रमण पाइएको छ भने इटालीमा दुई लाख १८ हजार २ सय ६८ जना सङ्क्रमित छन् ।

बेलायतमा दुई लाख १५ हजार भन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, सङ्क्रमितको दरसँगै उपचार पछि निको हुनेको संख्या पनि बढेको छ ।

झण्डै १४ लाख सङ्क्रमित उपचार पछि निको भएका छन् । यस्तै कोरोनाका कारण २ लाख ८० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here