नेपालका लागि पूर्वबेलायती राजदूत बेपत्ता

0
725

काठमाण्डौं ।

नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता हुनुभएको छ ।

लण्डनको प्रहरीले उहाँ हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ । बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजीकार्य थालनी गरेको छ ।

प्रहरीले छ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ । हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताउनुभयो ।

रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here