झापा ।

झापाको कन्काई नगरपालिका–४ का ४० बर्षीय प्रदिप बुढाथोकी लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।
बुढाथोकीले आफ्नै घरबाट लागूऔषध ब्राउनसुगरको कारोवार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले निजलाई घरबाट नै १० ग्राम ब्राउन सुगर सहित आज बिहान साँढे १० बजे पक्राउ गरेको हो ।
पक्राउ परेका बुढाथोकीको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































