लक्ष्मी उप्रेती / काँकरभिट्टा,

भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको १ अर्ब १० करोड रुपैयाँ राजस्व प्र्रभावित बनेको छ ।
भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा मेची भन्सार कार्यालय काँकररभिट्टाको राजस्व असुली नराम्ररी प्रभावित भएको थियो ।
प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले यो कार्यालयलाई चालुु आर्थिक वर्ष २०७६÷२०७७ का लागि १३ अर्व रुपैयाँ बढी राजस्व असुलीको लक्ष्य दिएको छ । तर चालु आथिर्क वर्षको शुरुवाती महिनादेखि नै कार्यालयले लक्ष्यको तुलनामा राजस्व असुल गर्न सकेको छैन् ।
नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियनत्रणका भन्दैं अघिल्लो वर्षको चैत ११ गते नेपाल सरकारले लकडाउन गरेलगत्तै पूर्वीनाका भएर अत्यावश्यक सामान ग्यास, बुलेट, तरकारी, फलफूल खाद्यन्नमात्र आउन थालेका थिए । चैत २५ गतेसम्म यो नाका भएर सामान आइरहेका भएपनि २६ गतेदेखि सँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकररभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले नाका बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प हुँदा मेची भन्सारर कार्र्यालय काँकररभिट्टाले १ अर्ब १० करोड रुपैयाँ राजस्व गुमाउनु परेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले जानकारी दिनुभयो ।
३१ दिनपछि शनिबारबाट यो नाका सञ्चालनमा आएको छ । शनिबार ३१ वटा मालवहाक सवारी साधन नेपाल प्र्रवेश गरेका भए पनि सरकारी विदा परेकाले आइतवार जाचपाँस गरिएको थियो । कार्यालयले आइतबार एकैदिन ८५ लाख रुपैयाँ संकलन गरेको छ । आइतबारमात्र ३० वटा मालवहाक सवारी साधन नेपाल प्रवेश गरेका छन् । सोमाबार पनि निर्वाधरुपमा भारतलगायत तेस्रोेमुलुकबाट मालवाहक सवारी साधन आउने क्रम जारी छ । जाँचपास र राजस्व संकलन भइरहेको छ ।
यो नाका हुर्दै खाना पकाउने एलपी ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टाईल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युबहरु लगायत बिभिन्न सामाग्री भारत तथा तेश्रोमुलुकबाट पैठारी भई आउने गरेका छन् भने मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपर, लगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकाशी हुने गरेका छन् ।
तर, शनिबारबाट भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधन नेपाल प्रवेश गरेपनि नेपालबाट निर्यात हुने सवै मालवस्तु ठप्प छ । नेपालबाट भने कुनै पनि सवारी साधन भारत, बंगलादेश लगायत अन्य मुलुक गएका छैनन् ।































