बिर्तामोड,

विर्तामोड नगरपालिका वार्ड नम्बर ३, भगवान चोक निवासी अमृत बस्नेत तथा रुपा बस्नेतको परिवारले लकडाउनका कारण दैनिक ज्याला मजदुरीमा जान नपाएका सोहि वार्डका २० परिवारलाई राहत बितरण गरेका छन ।
१५ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल तथा लुगा धुने साबुन लगायतका सामग्री वितरण गरिएको हो । “आफ्नो टोल वरपर लकडाउनका कारण काममा जान समस्या परेका व्यक्ति र तिनका परिवार भोकभोकै बस्नु परेको टुलुटुलु हेर्न सकिएन, सरकारको मात्र मुख ताकेर बस्नु भन्दा आफुले सकेको थोरै सहयोग गरेको” बस्नेत जोडीले बताएका छन् ।
आफ्ना वरपर चुल्हो बल्न नसकेको परिवारलाई थोरै भए पनि सहयोग सबैले गरिदिए कोहि पनि भोकै बस्न नपर्ने बस्नेत परिवारले बताएका छन् । यसअघि, उक्त परिवारले विर्तामोड नगरपालिकाको राहत कोषमा १०० किलो चामल सहयोग गरेको थियो ।































