रुपन्देही, कपिलवस्तु र बर्दियाबाट थपिए १३ जना संक्रमित,देशभर संक्रमितको संख्या १३४ पुग्यो

0
1059

काठमाडौं,

नेपालमा सोमबार साँझ १३ जना कोरोना संक्रमित भेटिएका छन्। कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

अधिकारीका अनुसार रुपन्देहीको समरी गाउँपालिका-७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका-६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। त्यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो।

त्यसैगरी बर्दियाको राजापुर-५ निवासी ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको अधिकारीले बताएका छन्। यसअघि कपिलवस्तुमा सोमबार बिहान १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको थियो।

कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु थिए। अर्का एकजनाको उमेर खुलेको छैन। त्यसैगरी सप्तरीमा पनि एकजनालाई कोरोना पुष्टि भइसकेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ जना पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here