काठमाण्डौ,

नेपालमा आज एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना सङ्क्रमित भेटिएका हुन् ।
त्यसैगरी बारामा १ जना भेटिएका छन् । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ सय ९१ पुगेको छ ।































