इलामकाे शुक्रबारे बजारमा आगलागी, ६५ लाख बराबरको क्षति

0
762

इलाम,

इलामको माईजोगमाई गाउँपालिका ३ को शुक्रबारे बजारमा आगलागी हुदाँ ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति कोही नभएको घरमा आगलागी हुँदा त्यही घरसँग जोडिएका थप दुई घर जलेर पूर्णरुपमा नष्ट हुँदा ठूलो परिणाममा क्षति भएको हो ।

सोमबार राति ९ बजेर ५० मिनेट जाँदा बेद कैयाको घरबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । त्यसपछि छत्रकुमारी लावर र रुकमेणा प्रधानको दुईरदुई तले घरमा आगलागी हुँदा जलेर पूर्णरुपमा नष्ट भएको थियो ।

आगलागीबाट प्रधानको घर र किराना पसल, लावरको घर तथा कैयाको जुत्ता र कपडा पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक ९इन्सपेक्टर० रमेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तनलगायतका सामानसमेत जलेको छ ।

दमकल नहुँदा पानी ओसारेर आगो नियन्त्रणमा लिइएको थियो । नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आज बिहान सवा ५ बजेको समयमा नियन्त्रणमा लिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here