काँकडभिट्टा खानेपानीले दियाे उपभाेक्तालाई सहुलियत

0
2180

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्ना उपभोक्ताको हितलाई ध्यानमा राखेर दुईमहिनासम्मको ७ यूनिट पानी उपभोग गरे वापतको रकम उपभोक्तालाई मिनाह गर्ने निर्णय गरेको छ ।

संस्थाको मंगलबार सम्पन्न २९ औं पूर्ण बैठकले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण उपभोक्ताको आयमा समेत गम्भीर असर परेको भन्दैं बैशाख र जेठ महिनामा उपभोक्ताले खपत गरेका कुल यूनिट मध्ये ७ यूनिटसम्मको पानी वापतको महशुल रकम मिनाह गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष हर्कबहादुर फिया्क लिम्बुले बताउनुभयो ।

उहाँका अनुसार यसो गर्दा संस्थाले दुई महिनामा १४ लाख २८ हजार रुपैयाँ व्ययभार व्यहोर्नु पर्ने जानकारी दिनुभयो । प्रति यूनिट १७ रुपैयाँका दरले एकजना उपभोक्ताले १ सय १९ रुपैयाँ मिनाह पाउने छन् । कुल ६ हजार उपभोक्ताले एकमहिनामा ७ लाख १४ हजार र दुई महिनामा १४ लाख २८ हजार मिनाह पाउने अध्यक्ष लिम्बुले बताउनुभयो । अध्यक्ष लिम्बुको अध्यक्षतामा बसेको पूर्ण बैठकले २०७६ चैत महिनादेखि लकडाउन कायम भइञ्जेल पानी वापतको रकममा लाग्ने सम्पूर्ण जरिवाना शुल्क छुट गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

बैठकले यसअघि नोवेल कोरोना भाइरस कोभिड १९ कै कारण सरकारले घोषणा गरेको लकडाउनका कारण स्थानीयवासीलाई पर्ने समस्यालाई बुझेर मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा नगद १ लाख तथा आफ्नो क्षेत्रमा पर्ने विभिन्न ५ वटा वडामा नगद रकम सहयोग गरेको संस्थाका कोषाध्यक्ष दिलीप सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार अनुसार संस्थाले वडानम्बर ३ मा ८५ जना आफ्ना सदस्य रहेको भन्दैं नगद ५ हजार, ५ मा ६ सय ४ जना सदस्यलाई नगद १० हजार, ६ मा ३ हजार ३ सय ८४ सदस्यमा ५५ हजार ७ मा १ हजार १ सय ६३ सदस्य भन्दैं १५ हजार तथा वडानम्बर ८ मा ६ सय २२ जना सदस्य रहेपनि १५ हजार रुपैयाँ राहत स्वरुप उपलब्ध गराएको छ । साथै बैठकले नागरिक लगानी काेषद्वारा साना शहरी खानेपानी अन्तर्गत लिएकाे ऋणकाे व्याज मिनाह तथा विद्युत वापतकाे महशुल छुटका लागि नेपाल विद्युत प्रधिकरणमा अाग्रह गर्ने निर्णय गरेकाे काेषाध्यक्ष सुवेदीले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here