लकडाउनको अवधिमा श्रोत नखुलेको आठ लाख बढी रुपैयाँ प्रहरीद्वारा बरामद

0
750

ठुला र साना गरी पाँच दर्जनबढी सवारी साधन नियन्त्रणमा

काँकरभिट्टा,

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामकालागि सरकारले गरेको लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन प्रहरी सक्रियपुर्वक लागे लगत्तै काँकरभिट्टा प्रहरीले श्रोत नखुलेको आठ लाख बढी रुपैयाँ बरामद गरेको छ ।

विभिन्न समयमा विभिन्न शंकाष्पद व्यक्तिका साथबाट वरामद गरेको रकम कुन प्रयोजनका लागि बोकेको र रकमको श्रोत नखुलेका कारण प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज नाकासँग सीमा जोडिएको नेपाल प्रवेशको पहिलो ढोका काँकरभिट्टामा प्रहरीले लकडाउन लगत्तै चेकजाचलाई कडाई गर्नुका साथै नाकामा उच्च सतर्कता अप्नाएको थियो । यसैक्रममा लकडाउनको यो अवधिभरसम्ममा प्रहरीले श्रोत नखुलेको आठ लाख रुपैयाँ ठुला र साना गरी ६० वटा भन्दा बढी विभिन्न सवारी साधन र करीव ८० जना भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एकै दिन १ लाख २५ हजार श्रोत नखुलेको रकम प्रहरीले फेला पारेको थियो । अधिकाँश रकम लागूऔषधको खरिद विक्रीका लागि मानिसहरुले ल्याएको आशंका प्रहरीले गरेको छ । चैत ११ गतेदेखि आजसम्म आइपुग्दा पक्राउ परेका धेरै व्यक्तिहरु मध्ये अधिकाँश लागूऔषध प्रयोगकर्ता रहेको र उनीहरुलाई राख्नका लागि मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर—८ स्थित आदर्श माध्यमिक विद्यालयको सामुदायिक क्वारेन्टाइनलाई विशेष क्वारेन्टाइनका रुपमा बनाइएका बताउनुभयो ।

विशेष क्वारेन्टाइनमा रहेका मध्ये ६७ जना लागूऔषध प्रयोगकर्ता रहेको मध्ये प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । यसले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणमा नियन्त्रण र रोकथाममा सघाउ पुग्ने, लागूऔषध प्रयोगकर्ताहरुमा सकरात्मक सोचको विकास हुने र शान्ति सुरक्षामा समेत मद्धत पुगेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here