झापामा म्याद गुज्रिएको बिषालुयुक्त गहुँ बिक्री गरेको आरोपमा एक लाख रूपैयाँ जरिवाना

0
1415

गौरीगंज ।

म्याद गुज्रेको बिषालुयुक्त उन्नतजातको गहुँको बीउ बिक्री गरेको आरोपमा झापाको गौरीगंजका एक व्यापारीलाई एक लाख रूपैयाँ जरिवाना गरेको छ ।

गौरीगंज गाउँपालिका–३ मा रहेको रविन खरिद विक्री केन्द्रका प्रोपाइटर रविन पौदारलाई उनीबाट जफत गरिएको करिब २ सय ८० केजी उन्नत जातको गहुँको बीउ नष्ट गर्नुको साथै आज उत्त रकम जरिवना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय चन्द्रगढीका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी खरेलको नेतृत्वमा आएको अनुगमन टोलीले जफत गरिएको गहुँलाई चेकजाँच र छानवीन गर्दा अस्वस्थकर पाईएकोले उनलाई गहुँ वेचविखन गरेको र खानलाई प्रयोग गर्न तयार पारेको आरोपमा जरिवाना गरेको हो ।

उनलाई आईन्दा यसप्रकारको कार्य नगर्ने नगराउने सर्तमा १ लाख रूपैयाँ जरिवाना गरिएको खाद्य तथा साना घरेलु उद्योग कार्यालयका प्रमुख छविलाल खतिवडाले जानकारी गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय चन्द्रगढीका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी खरेलको नेतृत्वको टोलीमा उद्योग कार्यालयका अधिकृत दुर्गा वास्कोटा, खाद्य अनुगमन कार्यालयका प्रमुख भरत बहादुर पुरीलगायत थिए ।

गत सोमवार विहान व्यापारी पौदारले वेच्नलाई विषालुयुक्त गहुँ धोई पखाली घाममा सुकाईरहेको थाहा पाएपछि स्थानियले वार्ड नं ३ का अध्यक्ष मखना महतोलाई जानकारी गराएका थिए ।

जानकारी गराए लगतै उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष समेत रहेका महतो , गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईसमेतको टोलीले जफत गरि वार्ड नं। ३ को कार्यालय छेउको गुदाममा राखेका थिए ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको उत्त म्याद गुज्रेको उन्नत जातको बीउ फेला परेको उद्योग वाणिाज्य संघ गौरीगंजका अध्यक्ष मखना महतोले जानकारी गराएका छन् ।

फेला पारिएको उत्त सुधारिएको गहुँको ट्यागमा सुरक्षित रूपमा भण्डारण गरे गहुँको प्रमाणिकरण म्याद बढीमा एक बालीसम्म रहने लेखिएको छ । गहुँ बाली लगाउने समय कार्तिक– मंसिर महिना हो । गहुँको बोरामा राखिएको ट्याग अनुसार उत्तm गहुँ विषालु औषधीबाट उपाचार गरिएको र गहुँको प्रमाणिकरण बढीमा एक बालीसम्म रहने हुदाँ म्याद गुज्रिसकेको हो ।

तर धान,चामल र गहुँ किनबेच गर्ने स्थानिय व्यापारी पौदारले ८ क्वीन्टल उत्त गहुँको बीउ अर्का स्थानिय व्यापारी गौरीगंज गाउँपालिका वार्ड नं। ३ घर भएका पाण्डब झासंग ६– ७ दिन अघि किनेका थिए ।

उत्तm बीउ विजनका लागि ल्याईएको विषादीयुत्त गहुँलाई धोई पखाली घाममा सुकाएर तयार पारी गहुँ अन्य साना व्यापारीहरूलाई पौदारले बेच्ने गरेको स्थानियबासीहरूले आरोप लगाएका थिए ।

कृषकलाई बेच्न ल्याईएको गहुँको बीउ यो सिजनमा नबिकेपछि व्यापारी पाण्डबले हालको गहुँको मूल्य भन्दा कम दररेटमा पौद्वारलाई बेचेको व्यापारी झाले स्वीकार गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here