मेचीनगरमा कोरोनासँगै मलेरिया र एचआईभिको परीक्षण

0
1053

लक्ष्मी उप्रेती / मेचीनगर,

मेचीनगरको वडा नम्बर ५ मा एक पुरुषमा मलेरिया फेला परेपछि अहिले नगरपालिकाले कोरोनासँगै मलेरिया परीक्षणलाई समेत तीव्ररुपमा अघि बढाएको छ ।

विश्वलगायत नेपालका विभिन्न जिल्लामा समेत नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै र धमाधम संक्रमित फेला पर्न थालेपछि मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे थियो ।

नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा विदेशबाट फर्केर होम क्वारेन्टाइनमार सामुदायिक क्वारेन्टाइनमा रहेका धेरैलाई र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पीसीआर) दुबै माध्यमबाट गरिने परीक्षणका विधिबाट परीक्षण गरेको थियो ।

शाखा संयोजक शशीकला राईका अनुसार बैशाख ३१ गतेसम्म स्वास्थ्य कार्यालय झापाको स्वास्थ्यकर्मीको टोेलीसँग मिलेर ५६ जनाको पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट तथा नगरपालिकाको स्वास्थ्य शाखाले २ सय १० जनाको डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरसको एन्टीबडी परीक्षण गरेको थियो ।

यसैगरी मलेरिया १ सय ११ जना र एकजनाको एचआइभि परीक्षण गरेको संयोजक राईले जानकारी दिनुभयो । छिमेकी मुलुक भारतमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित तथा मानिसको मृत्यु संख्या बढ्न थालेपछि भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको मेचीनगर नगरपालिकाले स्वास्थ्यकर्मीसहितको टोेली परिचालन गरेर घरदैलो अभियान शुरु गरेको थियोे ।

ल्याब टेक्निसियन टीकाराम ढकाल, ल्याब असिष्टेन्ट अनिमा राजवंशीसहितको प्राविधिक टोलीले रगतबाट गरेको उक्त परीक्षणको रिपोट आधिकारीकरुपमा स्वास्थ्य कार्यालय झापाले दिने संंयोजक राईकोे भनाई छ । समाचार स्रोतका अनुसार सवैजनाको परिणाम नेगेटिभ आएको छ ।

शाखा संयोजक राईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले नगरका विभिन्न वडामा पुगेर घरदैलो अभियानलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।

भारतमा संक्रमित र मृत्युहुनेको संख्या दैनिक बढ्दै गएपछि नगरपालिकाले नेपालसँग सीमा जोडिएको नगरका विभिन्न वडाका घर घर पुगेर घरदैलो अभियान अन्तर्गत र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरसको एन्टीबडी परीक्षण शुरु गरिएको र यसलार्ई निरन्तरता दिने नगर प्रमुख विमल आचार्यले बताउनुभयो । समुदायमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि यस्तो अभियान चलाइएको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

यसैगरी मेचीनगरकाे स्वास्थय शाखाले पुर्वीनाका हुँदै नेपाल प्रवेश गरेका ९३ हजार ८४ जनाकाे स्क्रिनिङ गरेकाे तथा धुलावारी प्राथमिक स्वास्थय केन्द्र फिवर क्लिनिकबाट १ हजार ३ सय ३८ जना ज्वराेका विरामीले सेवा लिएकाे राईले बताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here