स्थालडाँगीका १५० परिवारलाई राहत सामग्री

0
1583

बिर्तामोड,

विश्बव्यापी रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणका कारण अहिले मुलुक लकडाउनमा छ । मुलुक लकडाउन भएको झण्डै दुई महिना पुग्न लागेको छ ।


नेपालमा पनि दिन प्रतिदिन कोरोना भाइरस संक्रमणका विरामी बढ्दै गएपछि सरकारले लकलाउनलाई थप कडाइ गरिरहेको छ । लकडाउनका कारण सबै क्षेत्र प्रभावित छ नै । तर, पनि विपन्न समुदायका नागरिकलाई भने रोगले भन्दा भोकले लाने अबस्था छ ।

विपन्न समुदायका नागरिकलाई रहेक तह र लप्काले राहतका सामग्री उपलब्ध गराएपनि पर्याप्त राहत सामग्री उपलव्ध नहुँदा समस्या ज्यूँका त्यूँ छ । लकडाउन कहिलेसम्म भन्ने यकिन नभएकै कारण सरकार समेत आफ्ना नागरिकलाई कति र कसरी राहत बितरण गर्ने अन्यौलमा छ ।

झापाका स्थानीय तहले दुई चरणमा राहत वितरण गरिसकेपनि अझैं पनि त्यस्तो समुदाय छ जुन समुदायमा राहत सामग्रीको पर्याप्त उपलब्धता छैन । यस्तो अबस्थामा झापाको बिर्तामोड नगरपालिका वडा नम्वर – ६ स्यालडाँगीमा राहत सामग्री बितरण गरिएको छ । वुधवार एक कार्यक्रमको आयोजना गर्दै एक सय ५० परिवारलाई राहत सामग्री बितरण गरिएको हो । श्रीकृष्ण प्रणामी समाज नेपाल झापाले स्थालडाँगीका विपन्न परिवारलाई राहत सामग्री बितरण गरेको हो ।

तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धू कन्दङ्वा,सरस्वती मावि वुट्टावारीका अध्यक्ष राजुजंघ कन्दङ्वा, व्यवसायी सुवास भट्टराई, गोपी गिरी , गजत राई लगायतको सहयोग र सहजीकरणमा एक सय परिवार तथा श्रीकृष्ण प्रणामी समाजको तर्फबाट ५० परिवार गरी एक सय ५० परिवारलाई राहत सामग्री बितरण गरिएको हो ।
श्रीकृष्ण प्रणामी समाज नेपालका केन्द्रीय सदस्य शारदा थपलिया,चन्द्र डाँगी,कृष्णप्रसाद बजगाई तथा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल,प्रदेश नं.१,जिल्ला कार्य समिति झापाका उपाध्यक्ष टहलदास ओली लगायतको आतिथ्य रहेको थियो । विपन्न परिवारलाई २५ केजीका दरले चामल र दाल बितरण गरिएको थियो ।

राहत साामग्री वितरणमा पप्पु विनदल, उमेश डालमिया लगायतका दाताहरुले सहयोग पु¥याएका थिए । निर्माण व्यवसायी सन्तोष कुरुङ्वाङ,उद्योगी कुमार थापा, व्यवसायी कमल खरेल, राहुल शर्मा, मेचीनगरका तरुणदलका अध्धयक्ष गोपाल तामाङ र नवीन विष्टको समेत सहयोग रहेको थियो । राहत वितरणमा विरेन मेचे, केदार रायमाझी टोल विकास समितिका संयोजक तथा सदस्यहरुले सहयोग पु¥याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here