कोरोना संक्रमित २५० पुगे, सर्लाही, धनुषा र महोत्तरीमा नयाँ संक्रमित

0
626

काठमाडौं,

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार बिहान यसको पुष्टि गरेका हुन्।

उनका अनुसार धनुषा र महोत्तरीमा नयाँ संक्रमित भेटिएका छन्। संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका उनले जानकारी दिए।

अधिकारीका अनुसार पछिल्लो पटक सर्लाहीको धनकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपु र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना देखिएको छ।

त्यसैगरि महोत्तरीको जलेश्‍वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

यसअघि बिहीबारै बिहान काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे थियो। हालसम्म ३५ जना उपचार पछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here