पर्यटन छोडेर कृषि पेशा गर्ने तयारी

0
1382

रीता दहाल / झापा।

कोरोना भाइरस (कोभिड १९) को प्रभावले पर्यटन क्षेत्र प्रभावित भएपछि त्यस क्षेत्रमा आबद्ध मजदुरहरु कृषि पेसातर्फ आकर्षित हुन थालेका छन् ।

कोभिड १९को थप जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन लागू गरेपछि नेपालमा पछिल्लो ५१ दिन यता पर्यटन क्षेत्र नै ठप्प रहेको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० नै कोरोनाको प्रभाव अगाडि टिक्न सकेन ।

भ्रमण बर्ष नै खारेज भएपछि पर्यटन क्षेत्रमा विगत १२ बर्षदेखि विदेशी पाहुना घुमाउँदै आएका झापा मेचीनगरका कृष्ण दाहाललाई घर परिवार पाल्न नै मुस्किल भएको छ । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरुमा विदेशी पाहुनाहरुलाई पु¥याउने काम गर्दै आएका दाहालको अहिले काम ठप्प भएको छ ।

लकडाउन लागू भएपछि दुःखले एक महिना पोखरामा बसेका दाहाल बाध्यताबस बैशाख १३ गते झापा फर्किए । झापा फर्किएपछि उनलाई आर्थिक संकटले समेत गिजोल्दै लगेको छ । आर्थिक अवस्था दयनीय बन्दै गएपछि उनको ध्यान अहिले कृषि पेशातिर गएको छ । लकडाउन अघि महिनाको ३०÷३५ हजार कमाई हुन्थ्यो, अहिले आम्दानी छैन । त्यही भएर खेतीपाती गर्ने सोच बनाएको छु– उनले भने ।

खेतीपाती गर्ने सोच बनाए पनि आवश्यक खर्च नँहुदा उनलाई कसरी खेतीपाती गर्ने भन्ने समेत चिन्ता रहेको छ । आफूले शुरुवात त गर्ने तर सरकारबाट केही सहयोग पाए सहज हुने उनले बताए । यो बर्ष मेरो कमाइ राम्रो हुने थियो, ऋण तिरेर खेतमा पानीको लागि पम्प राखेर खेती गर्ने सपना थियो, अब पैसा पनि छैन कसरी खेती गर्ने ? सरकारले साथ दिए व्यावसायिक खेती गर्ने थिएँ– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here