नेपालमा कोरोना सङ्क्रमितको संख्या २५८ पुग्यो

0
1027

काठमाण्डौं ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज बिहान नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा भएको परिक्षणमा ९ जनामा पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रलयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर वडा नम्बर १, ३ र ५ का २५ वर्षका दुई जना तथा १८, २०, २२, २७ , ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३७ वर्षका पुरुष गरि थप नौ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि उहाँले बताउनुभयो । योसँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ५८ पुगेको छ ।
हिजो बेलुकी विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका एक जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here