ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ नष्ट

0
1372

लहान ।

गोलबजार नगरपालिका–४ स्थित पब्लिक कोल्ड स्टोरबाट संयुक्त अनुगमन टोलीले ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ नियन्त्रणमा लिइ आज बिहान नष्ट गरेको छ ।

लकडाउनको समयमा कालोबजारी मौलाएको भन्दै सिरहाको गोलबजार नगरपालिकाका उपप्रमुख रेशमकुमारी थापाको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले कोल्ड स्टोरको गोदाममा फेला पारेको म्याद गुज्रिएको पेप्सी, मिरिन्डा, डिउ, फेन्टालगायतका पेय पदार्थ नष्ट पारेको हो ।

अनुगमनका क्रममा म्याद गुज्रिएको पेय पदार्थ फेला पारेपछि टोलीले कोल्ड स्टोरको गोदाममा तीन दिनअघि सिल गरेको थियो ।

सिल गरिएको गोदाम खुलाएर नगरपालिकाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहवरमा ती पेय पदार्थ नष्ट गरिएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here