देशको दुर्दशा

0
1191

कबिता

चिथोरेर छाती बनाएर खोक्रो
नफाली अझै खाउ बाँकी छ बोक्रो
निचोरेर यो देशको सास फ्याकी
अझै गर्न बाँकी छ के लास माथि
परे विघ्नबाधा पराई नठान्नु
गई दिल्ली दरबारमा साथ माग्नु
सिमाना मिचे हुन्छ खम्बा लडाई
सुटुक्कै भनिदेउ त्यो मित्रलाई
तिमी सर्प हाम्रो उ तिम्रो गढुर
बनायौ मेरो देश यस्तै हजुर
लगाएर आगो घरै गाउँ माथि
रमाई उतैका बनाएर साथी
लगाएर धोती उचालेर बेटी
उतैका दयाको समायर रोटी
रमाएर खायौं सयौ पेट मारी
बनायौ गतिलो नयो देश लाई
बनाई निशाना उठौ दाजु भाइ
व्यथामा नराखेर यो देशलाई
नयाँ हुन्न नेपाल छाती दुखाई
नबाचे भयो आज आमा रुवाई
अरु भावि पुस्ता कति रेटिने हो
र यो देशले सान्त्वना भेटने हो
जएकार धिक्कार तिम्रो गरेको
मेरो देश नेपालमा के भएको

सुजना खतिवडा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here