भारतकोे हेपाहा प्रवृत्तिकोे मेचीनगरद्वारा निन्दा र भत्र्सना

0
854

मेचीनगर,

मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्यले भारतले विभिन्न म्झौता उल्लंघन गदैं विभिन्न वहानामा विभिन्न समयमा दुःख दिने प्रवृतिको खुलेरै विरोध गर्नुभएको छ ।

‘नेपाली सीमा मिचेर पश्चिम नेपालमा सडक बनाएको घटना होस् या दशगजामा नेपालीलाई ल्याएर भोकभोकै बनाएको घटना होस’ उहाँले भन्नुभयो –‘भारतले नेपालप्रति जहिल्यै पनि हेपाहा प्रवृत्ति देखाउँदै आएको छ, भारतको यस्ता गतिविधिको म घोर निन्दा र भत्र्सना गर्दछु ।’

नेपाल र भारतबीच विभिन्न समयमा भएका सन्धि सम्झौताप्रति अहिले भारतले एकलौटीरुपमा उल्लंघन गरेको प्रति नगर प्रमुख आचार्यले रोष प्रकट गर्नुभएको छ । अहिले भारतले व्यपार पारवहनलगायतका विभिन्न विषयमा भएका सन्धि सम्झौता समेत उल्लंघन गरेको आरोप लगाउनुभयो ।

अहिले विश्व नोवल कोरोना भाइरस कोभिड १९ का कारण थलिएका बेला विश्वका मानिस आ आफ्नै घरभित्र सुरक्षितरुपमा बसीरहेका बखत भारत सरकारले सम्झौता उल्लङ्घन गरी १२ सय नेपालीहरुलाई दशगजामा ल्याएर भोकभोकै बनाएको आरोप लगाउनुभयो । ‘जो जहाँ छ उही देशको क्वारेन्टाइनमा राख्ने नेपालसँगको सम्झौता भएको थियो ’ नगरप्रमुख आचायर्यले भन्नुभयो—‘ अहिले भारतले एकतर्फी रुपमा सम्झौेता तोडेर १२ सय नेपाललाई दशगजाक्षेत्रमा ल्याएर भोकभोकै बस्न बाँध्य भएको छ । ’

शुक्रवार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख आचार्यले भारत सरकारले सम्झौता उल्लङ्घन गरी १२ सय नेपालीहरुलाई दशगजामा ल्याएर भोकभोकै बनाएको आरोप लगाउनुभयो । भारतले अलपत्र बनाएर बोर्डरमा भोकभोकै बनाएपछि बाध्य भएर नेपालले आफ्ना नागरिकहरुलाई उद्धार गरेर देशभित्र ल्याउनु पर्ने अवस्था आएको उहाँको भनाई छ ।

उहाँले लकडाउनका बेला भारतमा रहेका नेपालीलाई जहाँ छन् त्यही क्वारेन्टाइनमा खाने र बस्ने व्यवस्था नगर्नु अमानवीय व्यवहार भएको दोहोर्याउँदै बोर्डरमा अलपत्र बनाइएका सबै नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिनुभयोे ।

यसका लागि आदर्श माध्यमिक विद्यालय आयावारी, रामघाट दिव्यधामको भवन, राधास्वामी भवन तथा मेचीनगर ११ स्थित धाइजनमा रहेको स्वास्थ्य केन्द्रमा क्वाररेन्टाइनको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा नगरप्रमुुख आचार्यले जानकारी दिनुभयो । नगरप्रमुख आचार्यले मेचीनगरवासी जो अहिलेभारतसहित अनय मुलुकमा रोजगारी गरिरहेका छन् उनीहरुलाई स्वदेश फर्काएर उनीहरुको सीपलाई नेपालमै उपयोग गरी रोजगारको अवसर प्रदान गर्ने बताउनुभयो ।

पश्चिम बङ्गालसँगको प्रमुख नाका काँकरभिट्टा आसपासमा १२ सय नेपाली नेपाल आउन तयार रहेको हुँदा तिनलाई कसरी व्यवस्थापन गर्ने भनेर शनिवार झापाका १५ वटै पालिकाका प्रमुखहरुसँग १ नं. प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीसँग निर्णायक छलफल हुने उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुुभयो ।

काँकरभिट्टाबाट भित्रिने नेपालीहरुमध्ये मेचीनगर बसोबास भएका सबैलाई नगरले व्यवस्था गरेको क्वारेन्टाइनमा सहज रुपमा राखिने र नगरवाहिरका मानिसलाई काँकरभिट्टा माविमा स्थापना गरिने होल्डिङ सेन्टरमा छोटो समय राखेर उनीहरुको पालिकातिर पठाइने उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । नगरबाहिरकालाई राख्नै पर्ने अवस्था आए बढीमा डेढ सयसम्मलाई धुलावारीको राधास्वामी भवन र रामघाट दिब्यधाम भवनमा क्वारेन्टाइनका लागि राखिने उहाँले बताउनुभयोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here