काठमाडौं,

आज मदन–आश्रित स्मृति दिवस। तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २६ पुगेको छ।
यसै अवसरमा नेपाल कम्युनिष्ट पार्टीले २७ औँ स्मृति दिवस मनाउन लागेको छ। कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम भने यसपालि हुने छैन्।
मदन र जीवराजलाई आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी आज उनीहरुलाई स्मरण गर्दैछन्।
नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए।
भण्डारी र आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो।





























