एकका लागि एक अभियान: बिपन्नका घरमा चुह्लो बाल्न शुरु भएको हो – बस्नेत

0
2047

 

 

झापामा एकका लागि एक अभियान कसरी शुरु भयो ?

विश्वमा जब नोवल कोरोना भाइसर कोभिड १९ फैलदै गयो । त्यसबाट नेपालपनि अछुतो रहन सकेन नेपालमा पनि कोभिड १९ को संक्रमण फैलियो नै । जसका कारण मुलुक झण्डै दुई महिनादेखि कलडाउन भएको छ । मुलसक लकडाउन भएसंगै दैनिक ज्याला मजदुरी गर्ने, विपनन वर्ग ज्यादै समस्यामा छन् । हामीले देखिपनि रहेका छौं । छरछिमेकमा गाउँमा ज्याला मजदुरी गर्नेको घरमा अहिले चुह्रो बलेको छैन । यस्तो अवस्थामा उनीहरुको घरमा चुह्रलो बाल्न हामीले सहारा नेपाल सहकारी सस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीको अगुवाईमा यो अभियान शुरु भएको हो । यसमा विभिन्न दुई दर्जन भन्दा बढी संघ संस्थाहरुको सहयोगमा अहिले यो अभियान जारी छ । हाम्रो मुख्य सोच भनेके जो ज्यालादारीमा काम गर्छ उसैलाई सहयोग पु¥याउने हो ।

 

पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी  एकका लागि एक अभियानका सह संयोजक विनोद वस्नेतसंग कुराकानी गर्दै । कुराकानीको सम्पादित अंश यहाँ राखिएको छ ।

यो अभियानमा रकम कसरी जुटाउँदै हुनुहुन्छ र अहिलेसम्म कति रकम जुटिसकेको छ ?

एकका लागि एक अभियान भनेकै एक व्यक्तिले अर्काे एक व्यक्तिलाई सहयोग गर्ने हो । हुने खाने सम्पन्न व्यक्तिले विपन्न एक परिवारका लागि सहयोग गर्ने भन्ने थियो शुरुमा । एउटा चुह्रलो नबलिरहेको अवस्थाको घरमा चुह्लो बाल्न सहयोग गर्ने अभियान मात्रै हो । यो अभियानमा देश तथा विदेशबाट सहयोग भइरहेको छ । आजका दिनसम्म ४५ लाख भन्दा बढी रकम सहयोग जुटिसककेको अवस्थान छ ।

binod
राहत चाँही कसरी बितरण गरिरहनु भएको छ नि ?

सरकारले गरेको वान डोर वान सिस्टमभन्दा बाहिर गएका छौंनै हामी । त्यही परिधिभित्र रहेर हामीले पनि राहत वितरण गरिरहेका छौं । अझ हामीले गाउँको प्रत्यक्ष निगरानीमा राहत वितरण गरिरहेका छौंं । धेरे जसो ठाउँमा हामी आफे पुगेका छौं । हामी भन्दा पनि वढी जानकारी राख्ने भनेको त्यहाँको जनता र स्थानीय पालिका हो । उनीहरुसंगको सहकार्यमा हामीले राहत वितरण गरिरहेका छौं । राहत वितरणमा सहारा नेपालको एउटा टिम छ त्यो टिमले पनि सहयोग पु¥याएको छ । साहारामा नै यसको सचिवालय रहेको छ । सहारा नेपाल आफैंले पनि धेरे ठाउँको अवस्थाका विषयमा जानकार छ । समग्रमा भन्ने हो भने सहारा नेपाल,स्थानीय पालिका र रेडक्रस त्यहाँका जनताको प्रतयक्ष निगरानीमा राहत वितरण भइरहेको छ ।

एकका लागि एक अभियान मार्फत बास्तविक विपन्नले नै राहत पाएका छन् त ?

वास्तवमै त्यस्तै विपन्न परिवारका घरमा चुह्रलो बाल्न कै लागि शुरु गरिएको हो यो अभियान । त्यस्तै विपन्न परिवारले मात्रै एकका लागि एक अभियान मार्फत राहत सामग्री पाएका छन् ।

हामीले अझैं धेरै विपन्न परिवारको घरमा चुह्रलो बलिरहेको छैन भन्ने सुनेका छौ । अझ धेरै भन्दा धेरै मानिसलाई राहत पु¥याउन के गर्न सकिएला ?

हामीले प्रत्यक्ष आवाह्रान गरेका छौं जसको घरमा खाना छैन हामीलाई सम्पर्क गर्नु होसु भनेर । त्यसो गरेको खण्डमा हामीले उनीहरलाई तत्काल राहतको व्यवस्थापन गर्छाै । हामीले पनि सरकारले बनाएको नियमलाई पालना गर्नै पर्ने हुन्छ । सरकारको नियम पालना गर्दै अहिले एकका लागि एक अभियानले काम गरिरहेको छ । वडा कार्यालयले पनि ठूलो सहयोग गरेको छ । आजका दिनमा राहत पाउनु पर्नेले नै पाएका छन् ।

झापा बाहिर पनि राहत बाढ्ने काम गरिरहनुभएको छ ?

छ, झापा बाहिर पनि हामीले मोरङ र सुनसरीमा यो काम गरिरहेका छौं ।
हामीले केही राहतका प्याकेजहर मोरङ र सुनसरीमा पनि वितरण गररिहेका छौं ।

अबका दिनमा योजनाहरु के के छन् ?

हामीले बितोमोड चौकमा अहिले पनि निःशुल्क खाना खुवाइरहेका छौं । राहतको पहुँचभन्दा बाहिर रहेकाहरलाई हामीले प्रत्यक्ष रुपमा दैनिक ५÷ ७ सय जनालाई खाना खुवाइरहेका छौ भने अर्जुनधाराको काली झोमाडा पनि हामीले दैनिक खाना पठाइरहेका छौं । वडा अध्यक्ष वलदेव गोम्देन आफैं आएर दिनहुँ खाना लिएर जानुहुन्छ । जहाँ मुडा वनेर परिवार पाल्नु पर्ने अवस्था छ । त्यहाँ एक सय पोका राहत पिठाउँछौं । त्यो तयारी खाना हुन्छ ।

बिर्तामोड ३ मा सामुहिक भान्सा पनि शुरु भएको छ । अनि त्यहाँ पनि यहाँहरुले सहयोग गर्नु भा रहेछ । विपद कोष बनाउने कुरा थियो त्यो चाँही के हुँदैछ नि ?

विपद्कोषको कुरा चाँही पहिलादेखि कै हो । तर, विर्तामोड ३ को पहिला कुरा गरौं । वडा नम्वर ३ का वडा अध्यक्ष भोजराज सिटौलाले त्यहाँको वस्तुस्थिति बताएपछि हामी त्यहाँ पुगरे हेर्यौ पनि । त्यहाँ पाँच वटा टोलमा सामुहिक खाना खुवाइरहेको हामीले पायौं । त्यो देखेपछि हामीले त्यहाँ पनि सहयोग गर्नु पर्छ भन्ने हेतुले सहयोग गरेका हौं । त्यहाँ समस्या पनि रहेछ । केही साथीहरुले आफ्नै पहलमा राहत वितरण गरिरहेका रहेछन् । उनीहरुले सामुहिक मेस भान्सा बनाएर विपन्न परिवारलाई खाना खुवाउन सुरु गरेका रहेछन् । हामीले वडा कार्यलयसंग निरन्तर सहयोग गरेका छौं । बिर्तामोड ३ लाई हजार केजी चामल प्रदान गरेका छौं ।

अभियान कहिलेसम्म चल्छ ?

यो अभियान कहिलेसम्म भन्दा पनि कोभिड १९ को महामारी नहटुन्जेलसम्म गर्ने हामी सोचमा छौं । हेरौं के हुन्छ ? चुल्हा नवल्ने परिवारलाई त्यतिन्जेलसम्म सहयोग गरिरहने हाम्रो प्रयार सहन्छ ।
सामान्य सर्तकता नअपनाईकन हामीले राहत वितरण गरेको देखिरहेका छौं एकका लागि एक अभियानले कस्तो सर्तकता अपनाएको छ ? कसरी राहत वितरण गरिरहेको छ ?
तपाईहरु पनि हामीहरु संगै हुनुहुन्छ । तपाईहरुले पनि देखिरहनु भएको छ हामीले सतर्कता अपनाएकै छौं । तीन फुटको दूरी कायम छ । हामीले हात हातमा राहत दिदौंन । हामीले कुपन दिएको हुन्छ । दुरी कामय गरेरै राहत वितरण गरिएकाले हामीले अपनाउनु पर्ने भरपुर सर्तकता अपनाएका छौं ।

महामारीको यो क्षणमा हामीलाई समय उपलब्ध गराएर यो अभियानका विषयमा जानकारी गराइदिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद ।

यहाँहरुलाई पनि धन्यवाद छ । यो अभियानको विषयमा अझ धेरैलाई जानकारी गराउने मौका प्रदान गर्नुभएकोमा । हामी नेपालीहरु हिजोको दिनमा पनि भुकम्प आउँदा यसैगरी सहयोग गरेका थियौं । यो महामारीको क्षणमा पनि हामी एक नेपालीले अर्काे नेपालीलाई सहयोग गरिरहेका छौं । यो साथ र सहयोग निरन्तर रहिरहोस् । महामारीको प्रकोपबाट बच्न सबैले साबधानी अपनाऔं । कोरोनाले हामीलाई होइन हामीले कोरोनालाई जित्न सकुँ यही कामना पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here