चारपानेवाट ठूलो परिमाणमा सूर्ती वरामद

0
580

विर्तामोड, साउन २० । झापाको चारपानेवाट प्रहरीले आज दिउसो ठूलो परिमाणमा भण्डारन गरेर राखेको अवस्थामा सूर्ती वमामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापावाट खटिएको प्रहरीको एक टोलीले विशेष सुराकीको आधारमा चारपाने १ वाट ६५ वोरा सुर्ती वारामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी भुवनेस्वर तिवारीले जानकारी दिए । वरामद गरिएको सूर्ती आजै मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको वताइएको छ । सूर्तीको मूल्य एकलाख तीस हजार रहेको र सो सूर्ती कस्को हो भन्ने यकिन नभएकाले अनुसन्धान जारी रहेको वताइएको छ ।
यता केही समयदेखि भद्रपुर, महेशपुर, पृथ्वीनगर लगायतको नाकाहरुबाट अवैध रुपमा सूर्तीजन्य पदार्थहरु प्रहरी कै मिलोमतोमा नेपाल भित्रिरहेको स्थानीयबासीहरु बताउँछन् । नदीमा पानीको सतह बढेपछि अन्य नाका भन्दा बिषेश गरी अहिले भद्रपुर स्थित देवीवस्ती छेऊ र नयाँबजार नाकाबाट सुर्तीजन्य पदार्थहर भित्री रहेको वताइएको छ । सीमानामा चौबीसै घण्टा शसस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहेपनि खटिएका इन्चार्जहरुलाई सुर्ती व्यापारीले मोटो रकम दिने गरेकोले अवैध सुर्ती जन्य पदार्थको कारोबार फष्टाउदै गइरहेको स्रोतको दावी छ । भद्रपुरमा सुर्ती तथा गुट्खा फ्याक्ट्री रहेपनि सो फ्याक्ट्रीका सञ्चालकहरुले भन्सार तिरेर ल्याउनु भन्दा अवैध बाटोबाट मात्र सुत्र्ती भित्राउन थालेपछि भद्रपुर छोटी भन्सार कार्यालयमा सुर्तीका बोराहरु आउन छाडेकोले रानश्वमा समेत गिरावट आउन थालेको कार्यालयले जनाएको छ ।