लकडाउनमा थप कडाइ

0
540

विराटनगर,

विराटनगर महानगरपालिकाका केही वडामा कोरोना सङ्क्रमित देखिएपछि लकडाउनलाई प्रहरीले कडा बनाएको छ ।

जथाभावी हिँडडुल तथा लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने र सजाय समेत दिने गरेको छ । लकडाउनमा प्रहरीले औषधि, दुग्ध र पानी बिक्री वितरण गर्नेलाई छुट दिएको छ भने अन्य क्रियाकलापमा बन्देज लगाएको छ ।

बिहानैदेखि प्रहरीसँगै ‘प्रहरी मेरो साथी’ अभियानमा सम्लग्न युवाले प्रहरीलाई मद्दत गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको कोरोना परीक्षणमा विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीया महिलामा सङ्क्रमण भएको पुष्टि थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here