झापामा कोरोना संक्रमित बढे, प्रदेश–१ मा आज ११ जना कोरोना संक्रमित फेला

0
1178

झापा ।

प्रदेश १ मा म‌ंगलबार एकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज कोरोना पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् । सोमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो ।

ती व्यक्तिकै सम्पर्कमा रहेका थप ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here