ताप्लेजुङ।

ताप्लेजुङको फुङलिङ–१० फुरम्बुका ३० बर्षीय सन्तवीर लिम्बुको रूखले किचेर मृत्यु भएको छ ।
आज बिहान पौने ८ बजे घर नजिकै रहेको बैशाखे जंगलमा दाउरा काट्न गएका लिम्बुले उतिसको रुख डाल्ने क्रममा सोही रूखले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।






























