गणेश अर्याल/ इलाम,
झापामा कोभिड १९ को सक्रमण बढेपछि सिमानामा रहेको इलामको रोङ गाउपालिकामा उच्च सतर्कता अपनाइएको छ । पालिकामा भित्रने मानिसको ब्यवस्थापन देखि क्वारेन्टाइन ब्यवस्थापन सम्मको काम अन्तिम तयारीमा भइरहेको छ ।
इलामको रोङ गाउपालिकाका मा दुइप्रकारको क्वारेन्टाइन बनाउने काम भइरहेको छ । एक सय बेड क्षमताको होल्डीङ क्वारेन्टाइन र बाकी बिशेष क्वारेन्टाइन बनाउन लागिएको हो ।
जिल्लाको दक्षिणी नाका तथा जिल्ला प्रबेशको पहिलो पालिका भएकाले रोङमा दुइप्रकारको क्वारेन्टाइन आवस्यक परेको गाउपालिका अध्यक्ष समसेर राईले बताए ।
’पशुपतिनगर नाका र जिल्लाकै अन्य स्थान बाट इलाम बाहिर लानुपर्ने अवस्था, र झापा लगायतका अन्य जिल्लाबाट इलाम हुदै भित्रने मानिसहरुलाइ केही दिन यहा होल्ड गर्नुपने अवस्था हुने भयो’ गाउपालिका अध्यक्ष समसेर राईले भने,— ’यसरी राख्दा सुरक्षाको दृष्टिकोषले अरु सगै राख्नु भन्दा फरक ब्यवस्थापनमा राख्नु पर्ने स्वास्थ्य कर्मीको सुझाब आएकाले होल्डिङ क्वारेन्टाइन बनाउनु पर्ने आवस्यकता परेको हो । आवस्यकता अनुसार कुन क्वारेन्टाइनमा होल्ड गर्ने हो अवस्था र परिस्थिती अनुसार ब्यवस्थापन गरिने गाउपालिकाले जनाएको छ ।
तत्काल बिष्ण्ुा अमर माबि रोङ २ उमामहेश्वर नाखोपा रोङ ५ र वडानम्बर ६ को मोतिराम माबिमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ । मोतिरामा माबिमा ६० बेड क्षमता, उमामहेश्वर माबिमा ७० बेड क्षमता र बिष्णु अमर माबिमा ६० बेडको क्वारेन्टाइन बनाउन अन्तिम तयारी भइरहेको छ । आठ स्थानमा क्वारेन्टाइन बनाउने तयारी भएपनि हाल थप तीन स्थानमा बनाउदै गरेको अवस्थामा रहेको गाउपालिका अध्यक्ष राईले बताए । स्वास्थ्य कर्मी र सुरक्षा कर्मी सगै बस्नेगरीको ब्यवस्था मिलाउनु पर्ने भएकाले सुरुमा यी तीन स्थानको छनौट भएको उनको भनाइ छ ।
स्वास्थ्य कर्मीको क्षमता अभिबृध्दी गर्दै स्वाव संकलन गर्न सक्ने बनाउने पनि तयारी भएको छ । गाउपालिकाले स्वास्थ्य साखाका २ जना कर्मचारी अथवा स्वास्थ्य कर्मीलाइ स्वाब संकलन गर्न सक्ने बनाउन तालिममा पठाएको अध्यक्ष राईले बताए । गाउपालिकाले आफै स्वाव संकलन गर्ने किट खरिद गर्ने पनि तयारी गरिरहेको छ । करिब ५सय थान किट खरिदको लागि तयारी सुरु भएको स्वास्थ्य साखाले पनि जनाएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा किट खरिदको काम सुरु भएको स्वास्थ्य साखा प्रमुख नेत्रप्रसाद पोख्रेलले बताए ।
यसै बिच बिदेशबाट आउने रोङबासीको लगत ब्यवस्थापन तथा अन्य सहयोग गर्नका लागि गाउपालिकाले शिक्षक तथा कर्मचारीहरु परिचालन गरेको छ । कार्यपालिकाको जेठ २ गतेको बैठकले क्वारेन्टाइनको ब्यवस्थापन, गाउगाउमा सचेतनात्मक कार्यहरु गर्नको लागि आवहान सहित परिचालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप गौतमले बताए ।