श्रमिक संघमा मोहम्मद

0
629

 

पथरिया,साउन २१ । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल इम्ब्रोइडरी हेण्डिक्राफ्ट तथा सिलाइ बुनाइ श्रमीक संघ पथरियाको अध्यक्षमा मोहम्मद जुबेर आलम चयन हुनुभएको छ ।
गठित समितिको महिला उपाध्यक्षमा दीपा भट्टराई, उपाध्यक्षमा गणित राजवंशी, सचिवमा खन्दुलाल राजवंशी, सहसचिवमा पुष्पा श्रेष्ठ र कोषाध्यक्षमा जयनारायण राजवंशी रहनुभएको छ ।
समितिका सदस्यहरुमा माया लिम्बू, चन्द्रमोहन राजवंशी, मजबुल मिया, हिरा राजवंशी र जोगेन्द्र राजवंशी रहनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले नवगठित समितिलाई शुभकामना दिदै मजदुर संगठित भएमात्रै अधिकार स्थापना गर्न सहज हुने धारणा राख्नुभयो । नेपाली कांग्रेस जिल्ला सदस्य बेदनिधि भट्टराइको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रम कमलप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न भएको थियो।