धरानमा लागूऔषध सहित तीन जना पक्राउ

0
703

सुनसरी,

सुनसरीको धरान उप–महानगरपालिका–१३ बाट लागूऔषध ब्राउनसुगर र लागूऔषध ट्याब्लेट सहित ३ जना परेका छन् ।

धरान–१३ को एक घरबाट लागूऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१३ की २६ बर्षीया समिया लिम्बु, धरान–१३ कै २९ बर्षीय मन्दिप मगर र धरान–१५ का ४३ बर्षीय घनश्याम राईलाई ३ ग्राम ब्राउनसुगर र १५० ट्याबलेट नाईट्रोजन तथा ८३ हजार नगद सहित शनिवार राती ९ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here