थप १९ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ६०३ पुग्याे

0
730

काठमाण्डाै,

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ६ सय तीन पुगेको छ । आइतबार थप १९ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ सय तीन पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ४२ जिल्लाका पाँच सय २४ जना पुरुष र ७९ जना महिला गरी अहिलेसम्म ६ सय तीन जनामा कोरोना पुष्टि भएको हो । यस्तै हिजो पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जनामध्ये दुई जनामा फेरि सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सात जना भने घर गएका छन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ८७ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ । काेराेना सङ्क्रमणबाट अहिलेसम्म तीन जनाकाे ज्यान गएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here