वाग्मती प्रदेशसभाको बैठक आज सोमबार

0
1431

हेटौँडा ।

वाग्मती प्रदेशसभाको छैटौँ बजेट अधिवेशन (बैठक) सोमबार दिनको २ बजे हेटौँडामा बस्ने भएको छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारद्वारा आगामी बजेटका लागि प्रस्तुत गरिने बजेटको लागि आर्थिक पक्षको सैद्धान्तिक विषयमा छलफलका लागि विधेयक प्रस्तुत गर्नुहुने नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले बताउनुभयो ।

उहाँले उक्त विधेयकमाथि १२ र १३ गते छलफल हुने पनि जानकारी दिनुभयो । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आगामी जेठ १४ गते प्रदेशसभाको बैठकमा सरकारको आगामी आव २०७७÷७८ का लागि सरकारद्वारा प्रस्तुत गरिने नीति र कार्यक्रमको सार्वजनिक गर्नुहुने सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।

यस अधिवेशनमा नीति र कार्यक्रमाथि करिब पाँच दिनसम्म छलफलको कार्यक्रमका लागि समय निर्धारण गरिएको र आगामी असार १ गते प्रस्तुत गरिने बजेटको समीक्षाका लागि विभिन्न समितिमा छलफल गर्न अहिले तयारी गरिरहेको नेकपाका संसदीय दलका प्रमुख सचेतक पाण्डेले सञ्चारकर्मीलाई बताउनुभयो ।

बैठकका लागि सभाकक्षमा सामाजिका दूरी कायम गरी बस्ने कुर्सी र स्यानिटाइजरको व्यवस्था मिलाइएको र प्रदेशसभाको बैठकको समाचार सम्प्रेषणका लागि सञ्चारकर्मी बस्ने छुट्टै कक्षको पनि व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेशसभामा अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, साझा विवेकशील दल, राप्रपा संयुक्त र राप्रपा र एक स्वतन्त्र सांसदसहित ११० सदस्यहरूले प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here