वास्तविक रुपमा जमिन फिर्ता ल्याउन सक्नुपर्छ

0
1303

,

विश्व नवोेल कोरोना भाइरस काोभिड १९ को महामारीका कारण आक्रान्त बनेको बेला भारतले धार्चुला लिपुलेक लिङ्क रोड उद्घाटन गर्यो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत रोडको उद्घाटन गरे लगत्तै सामाजिक सञ्जालमात्र होइन सदनदेखि सडकसम्म तात्यो, कालापनी, लिपुलेक र लिम्पियाधुराको बिषयले मुलुक तातिएको थियो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आम नेपालीले सरोकार व्यक्त गर्दै भारतको सर्वत्र विरोध गरे । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग भारतले खोलेपछि सत्ताको बागडोर सम्हालेको दलमात्र होइन प्रतिपक्ष र अन्य दलहरु समेत राष्ट्रियताको सवालमा एकठाउँमा उभिए । गुमेको नेपाली भूःभाग फिर्ता गराउन सरकारलाई दबाव दिदैैं सडक र सदन जिन्दवाद र मुर्दावादको नाराले तात्यो ।

सडकमा नेपालको झण्डा बोकेर हाम्रो भूमि प्राणभन्दा प्यारो छ, भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ भन्ने लगायतका नारा दिनहु जसो गुुञ्जिरहे । जुनसुकै आस्था विचार, धर्म लिङ्ग समुदाय भए पनि राष्ट्रियताका लागि र गुमेको जमिन फिर्ता गराउन आम नेपाली भारतको यो कदम विरुद्घ एक भएर एउटै ठाउँमा खडा भए । यसले नेपाललाई जव जव संकट पर्दछ, देशको सीमा मिचिन्छ, वा नेपाललाई कसैले खेलको मैदान मात्र बनाउन खोज्दछ त्यस बेला यो देशका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी कवि कलाकार नाटककारसवै एक ठाउँमा उभिदा रहेछन भन्ने गतिलो सन्देश विश्वमाझ प्रस्तुत पनि गरेको छ ।

अन्ततः नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्यो । यो सँगै नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय ५७ वगकिलोमिटर र कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा तयार भयो । यसले नेपालको सीमा समस्या समाधान गर्ने कार्यको थालनि भएको भनने पनि चर्चा सुनिन थालिएको छ ।

मन्त्रिपरिषदले स्वीकृत गरेको नक्सा भूमि व्यवस्थमन्त्री पदमा अर्यालले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेपछि पछि वर्तमाान केपी शर्मा ओली नेतृत्वको सरकारको उचाई अलि चुलियो । यो कार्यले नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको प्रमाणित गरेको छ । भारतले नेपालको भूःभागमा सडक बनाएर उद्घाटन गराउँदासम्म पनि नेपाल सरकारले आफ्नो तर्फबाट त्यसलाई रोक्न पहल नगरेको भन्ने आलोचना भइरहेका बखत अतिक्रमित जग्गा समेटेर नेपालको नयाँ नक्शा सार्वजनिक गरेका कारण सरकार नेपाली जनताबाट केही हदसम्म धन्यवादको पात्र बनेको छ ।

सरकारले सार्वजनिक गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटी नेपालको नक्शा सार्वजनिक गरेपछि नेपाल र नेपालीहरुका वीचमा विभिन्न सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालहरुमा यसले तहल्का मच्चाएको छ । अब सबै सरकारी दस्तावेज एवम् पाठ्यपुस्तकमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग हुनेछन् र आम प्रयोगकर्ताल पनि अब नयाँ संस्करण बमोजिमको नक्सा प्रयोग गर्ने छन् । लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका भूभाग नक्सामा समेट्दा नेपालको भूमि तीन सय १० वर्गकिलोमिटर बढेको भन्दैं नेपालले नयाँ नक्सा पारित गरेपछि सिंगो देशले स्वागत गर्यो । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा राजपत्रमा प्रकाशित गरेपछि सबै मन्त्रालय र प्रदेश सरकारसहित सबै कार्यालयलाई पठाइ सकिएको छ । भारतले लिपुलेकमा सडक बनाएपछि दुई देश बीच तनाव थियो । तर अब भने नेपालले नयाँ नक्सा पारित गरेपछि नेपाल भारत सीमा विवादले नयाँ मोड लिने आशंका धेरैले गरिरहेका छन् ।

यसघिको नेपालको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिरहदा मन्त्री अर्यालले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेकी थिईन् । तर, नेपालको नयाँ नक्शा सार्वजनिक गरेपछि भारतको तापक्रम यति बढ्यो कि भनेर साध्यै छैन् ।

भारतले नेपालको उक्त भूमि आफ्नो भन्दै २०१९ नोभेम्बर ३ मा नयाँ नक्सा जारी गरेको थियो । भारतले नयाँ नक्सा जारी गरेपछि नेपालले वार्ताका लागि आग्रह गरेको थियो । तर भारतले यस बिषयमा कुनै चासो दिएको थिएन । नेपालले नयाँ नक्सा जारी गर्ने भने लगत्तै भारतीय मिडियाहरुमा विभिन्न समाचारहरु आएका थिए । हुन त नेपालले नयाँ नक्सा जारी गर्ने भनेसँगै भारतीय मिडियामा विभिन्न चर्चा शुरु नभएको भने होइन ।

नेपालले लिम्पुयाधिरासहितको भूःभाग आफ्नो रहेको बताउदै नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले भारतमा हलचल मच्चिएको छ । नेपालको नयाँ नक्सा जारी भएपछि नेता अभिनेता लेखक कलाकारलगायतले मातृभूमिको समर्थनमा स्वागत गरे, कविले कविता लेख, गीतकारले गीत , संगीतकारले संगीत हालेका छन् अनि गायकले गाएका छन् ।

दीपकराज गिरी, दीपाश्री निरौला, चेतन सापकोटा यम वरालले गाएको यो गीतले

सीमानामा हाम्रो माटो मिच्न नखोज

छिमेकीलाई जताभावी थिच्न नखोज

लिम्पयाधुरा, लिपुलेक कालापानी माथि

तिम्रो दुष्ट पाइला अव टेक्न नखोज

कस्ले दियो तिमीलाई हाम्रो कालापानी

तिम्रो नक्शाभित्र किन पार्यौ जानीजानी

बेच्ने को हौ तिमलाई पनि नाङ्गेझार पार्छौ

आफ्नो दशेको सीमानामा काडेतार बार्छौ

नेपालीलाई विना कारण हेप्न नखोज

हामे माटो हडपेर सोध्न नखोज

मानेभञ्याङm महेशपुर अनि सुस्तामाथि

तिम्रो दुष्ट पाइला अव टेक्न नखोज

विश्वभर िमानवताको रक्षा गर्नै हामी

वीरताको नाम कमाई चम्किएका हामी

गोर्खालीको सन्तती हौ सवै मित्र

गिद्घदृष्ट पर्न दिनौ मेची काली भित्र

सुर्यलाई हत्केलाले छेक्न नखोज

हाम्रो माटो आफनो पारी चेप्न नखोज

ताप्लेजुङ्को फाटक अनि टनकपुरमाथि

तिम्रो दुष्ट पाइला अव टेक्न नखोज

अहिले निक्कै चर्चा पाईरहेको छ । राष्ट्रभक्तिले ओतप्रोत यो गीतका माध्यमबाट कलाकारहरुले खवरदारी गरिरहेका छन् । मनौ नेपालमा जारी भएको नयाँे नक्शाले आम नेपाली खुशी छन् । अनि धेरैले भन्दैं पनि आएका छन् नेपालको नक्शामा लिपुलेक, कालापानी लिम्पयाधुरासहित भारतले अतिक्रमण गरेको जग्गा नेपालको नक्शामा हालेर मात्र पुग्दैं सरकार अतिक्रमित जग्गाको स्वामित्व नेपालको हुनुपर्छ , भूमि नै फिर्ता गराउन सक्नुपर्छ ।

नेपाल नेपालको नयाँ नक्शा सार्वजनिक गरे लगत्तै अभिनेत्री मनिषा कोइरालाले मातृभूमिको समर्थनमा सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गदैं एक ट्वीट गर्दा भारतीय मिडियाहरु उनीमाथि नै खनिएका छन् । कोइरालाको एक ट्विटले भारतलाई नै हल्लाइदिएको छ । जसमा उनले मात्र सानो देश भए पनि आफ्नो स्वाधीनता र अस्तित्व जोगाएकोमा नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् । त्यही विषयलाई लिएर सबै भारतीय मिडिया उनीविरुद्ध जाइलागेका छन् । भारतीय मिडियाहरु उनलाई गाली गरिरहदा अहिले नेपाली कलाकारहरुले उनको समर्थनमा अभिब्यक्ति दिएका छन् ।

कोइरालाको समर्थनमा अभिनेत्री शिल्पा पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै सबैको प्रेरणाको श्रोत, राष्ट्रको लागि तपाईंको अडान प्रशंसनीय छ । धेरै मानहानि र घृणाको सामना गर्नुपरे पनि, आशा छ कि तपाईं अझै बलियो हुनुहुन्छ भनिन् । त्यस्तै अर्की अभिनेत्री गरिमा पन्तले पनि स्टाटस लेख्दै भनेकी छिन् ’ भारतीय मिडियाले मनिषा कोइरालाप्रति गरिरहेका टिप्पणी भत्र्सना लायक रहेको छ । मनिषाले भारतको केही खाएकी छैनन् । आफ्नो परिश्रमको ज्याला लिएर हजार गुणा बढी प्रतिफल भारतलाई दिएकी छिन् । आफ्नो मातृभूमीलाई माया गर्दा भारतीय मिडिया बौलाएको छ । मनिषाप्रतिको टिप्पणी भत्सर्नालायक छ, पोखरेलले सामाजिक सञ्जालमा लेखेकी छन् ।

मनिषा कोइरालाले ट्वीट गरेपछि भारतका मिडियामा उनको चर्चा हुन थाल्यो । हुन तः नेपालको नयाँ नक्शा सार्वजनिक भएपछि नेपालका दुई छोरी र बुहारी राम्रै चर्चामा आए । पछिल्लो समय नेपालमा दुई महिलाको विषयमा निकै चर्चा छ । कसैको सकरात्मक त कसैको नकरात्मक चर्चा । तर दुवैको चर्चा भने उत्तिकै छ । जनता समाजवादी पार्टीबाट सांसद बनेकी नेपालकी बुहारी सरिता गिरी र नेपालकी छोरी चेली नायकिका मनिषा कोइराला यतिबेला निक्कै चर्चामा छन् ।

मातृभूमिको समर्थनमा कोइराले ट्वीट गरेपछि उनको सकारात्मक चर्चा छ भने नेपालले नक्सा जारी गर्नु अगाडि भारतलाई सोध्नुपर्दैन ? भने प्रतिनिधि सभामा सांसद् गिरीले भनेपनि उनले नकारात्मक चर्चा बटुलिन । सांसद् गिरीले सरकारले नयाँ नक्सा जारी गर्ने निर्णय गरेपछि त्यसप्रति आपत्ति जनाउँदै प्रतिनिधिसभामा भनेकी थिइन, नेपालले नक्सा जारी गर्नु अगाडि भारतलाई सोध्नुपर्दैन ? उनको यो भनाईले उनी अहिलेको अवस्थामा निक्कै आलोचित भइन् । सधैं मधेसको राजनीति गर्दै आएकी सरिताले नेपाल र नेपालीको भन्दा भारत र भारतीयको वकालत गर्दै आएकी भन्दै अहिले उनीविरुद्ध सम्पूर्ण नेपाली आक्रोशित भएका छन् ।

सारा विश्व कोरोना रोगको महामारीका कारण आक्रान्त बनेको र नेपालमा पनि यसको असर दिनानुदिन बढ्दै गईरहेको परिप्रेक्षमा स्वास्थ्य सामाग्री जुटाउने र कोरोना बिरुद्ध लड्न र बिजय प्राप्त गर्नका लागि छिमेकी राष्ट्र लगायत अन्य तेस्रो मुलूकको समेत सहयोग आवश्यक रहेको बेला भारतले बिषम परिस्थितीको मौका उठाई नेपाली माटोमा बाटो खनी एक पक्षिय रुपमा यसको उद्घाटन गर्नुले भारत नेपालको असल छिमेकी देश हो कि होइन भनेर शंका गर्ने बेला पनि आएको छ । दुईदेशबीचको लामो समयदेखिको रोटी र बेटीको साइनो पनि अब कतिसम्म पत्याउने अहिले विश्वले नै शंका पैदा गरिरहेको छ ।

अन्त्यमा नेपाली नक्शामा जमीन समेटिदा अहिले जसरी नेपाली जनताको मन मनमा अहिले सरकारी बसेको छ, नेपाली जनताले जयजयकार गरिरहेका छन् त्यसलाई सार्थकरुप दिनका लागि ओली नेतृत्वको सरकारले नक्शामा मात्र होइन वास्तविक रुपमा जमिन फिर्ता ल्याउन सक्नुपर्छ । अहिलेको सरकारले वास्तविक रुपमा भूमी फिर्ता ल्याएर बिश्वास दिलाउन सक्ने हिम्मत राख्नु पर्दछ नत्र आउने पुस्ताले नेपाली राजनितिलाई र राजनितिज्ञहरुलाई धिक्कार्ने मात्र छैनन अहिले जारी गरेको नेपालको नक्शा पनि हात्ती आयो हात्ती आयो फूस्सा भन्ने उखान मात्रै नहोला भन्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here