खानेपानीको ट्याङ्कीमा डुबेर एक महिलाको मृत्यु

0
1470

युद्धबहादुर बोहोरा / इलाम ।

इलामको देउमाइ नगरपालिका–१,धपर निवासी एक महिलाको राँके बजारमा ल्याउन बनाइएको खानेपानी ट्याङ्कीमा डुबेर सोमबार मृत्यु भएको छ।

स्थानीय नरवीर शेर्पाको श्रीमती अन्दाजी ४३ बर्षकी लक्की शेर्पाको निर्माणधिन खानेपानी ट्याङ्कीमा डुबेको अवस्थामा ११ः४५ बजे स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको चिलिङ्देन प्रहरी चौकी राँकेका इन्चार्ज प्रहरी नायब निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिए।

घर सल्लाहले विहान ७ बजे बजारमा किनमेल गर्न र हात दुखेको उपचार गर्ने भन्दै हिंडेकी महिलाको घटना सुन्न साथ उनका श्रीमान र छोरा घटना स्थलमा आइपुगेको र शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इलाम लाने तयारी गरिएको उनले बताए। घटना के कसरी भयो भन्ने थप विवरण आउन बाँकी रहेको बताइएको छ।

मेची राजमार्ग देखि माथिल्लो भागबाट राँके बजार व्यवस्थापन समितिले बजारको लागि खानेपानी ल्याउन मुहान देखि केहि मुनि नौ फिट गहिरो ट्याङ्की बनाइएको र तारवार गर्न तयारी हुँदै गरेको जनाएको छ। मोटरसाइकल दुर्घटनामा परी हिजो मात्रै प्रहरी हवल्दारको मृत्यु भएको दोस्रो दिन फेरि अर्को अप्रिय घटनाले राँके बासीमा शोक थपिएको स्थानीय होटल व्यावसायी सागर खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here