कोरोनाको मारमा होटल व्यवसाय, सरकारसंग गुहार माग्दै

0
971

बिर्तामोड ।

अहिले कोरोना भाइरसका कारण विश्व आक्रान्त भइरहेका बेला होटल व्यवसायीहरु मारमा परेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

होटल व्यवसायी महासंघ प्रदेश न १ को आयोजनामा भिडियो कन्फ्रेन्स मार्फत गरिएको मिटिङले कोरना भाइरसले निम्तियाएको पर्यटन क्षेत्रको असर , पर्यटन ब्यवसायमा ल्याएको समस्या तथा भावि दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको प्रदेश–१ की कोषध्यक्ष एवम् झापा जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् ।

उनले लकडाउनको अवधिमा दुई महिनाको पूर्ण रुपमा भाडा छुट हुनुपर्ने र ६ महिनासम्म ५० प्रतिशत छुटको ब्यवस्था गरिनुपर्ने, वित्तिय संस्थाको ब्याज मिनाह तथा ऋण भुक्तानी गर्नु पर्ने समय बढाउनुपर्ने, लकडाउनको अवधिमा कुनै पनि वित्तिय संस्थाको किस्ता तिर्न नसक्ने, बिजुली र पानीमा न्यूत्तम शुल्क मात्रै लिनुपर्ने, ब्यवसायलाई धितोमा राखेर सहुल्यतमा ऋण उपलब्ध सरकारले गराउनुपर्ने लगायतका विषयमा प्रदेशभरमा ब्यवसायीहरु एकमत भएको र आफ्ना मागहरु प्रदेश सरकारलाई बुझाउने निर्णय भएको श्रेष्ठले जानकारी दिइन् ।

आगामी असार मसान्त भन्दा अगाडि बैँकले ब्याज र किस्ता माग्न नपाउँने भन्दै होटल व्यवसायीहरुले अनलाइनमार्फत बैठक बसी निर्णय गरेका हुन् । अहिले होटल व्यवसाय संकटमा परेकाले व्यवसायीहरु चिन्तित भएको झापा अध्यक्ष श्रेष्ठले बताइन् । लकडाउन खुलेर व्यवसाय सञ्चालनमा आएपछि सर्तकता अपनाएर व्यवसाय सञ्चालन गर्ने उनको भनाई थियो ।

उनले ध्यानाकर्षण पत्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पनि बुझाउँन लागेको जानकारी दिइन् । झापामा मात्रै करिब पाँच हजारभन्दा धेरै होटलहरु सञ्चालनमा रहेको छ । अन्य समयमा राज्यलाई आफुहरुले सहयोग गर्दै आएको भन्दै अध्यक्ष श्रेष्ठले अप्ठ्यारो अवस्थामा होटल ब्यवसायीहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here