बुद्धशान्ति क्वारेन्टाइनमा बसेका २६ जनाको रिपोर्ट नेगेटिभ

0
706

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा बसेकाहरुको कोरोना जाँचको रिर्पोट नेगेटिभ आएको छ । जेठ ११ गते पिसीआर विधिबाट स्वाव संकलन गरी विराटनगर पठाइएको थियो । आज(बुधवार) आएको रिर्पोटमा उनीहरुको रिर्पोट नेगेटिभ आएको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका २६ जनासहित इलाका प्रहरी कार्यालयका इन्चार्ज युवराज राई र गाउँपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद चाँपागाईसहित २८ जनाको स्वाव परिक्षणका लागि विरानगर पठाइएको थियो । बुद्धशान्ति–१ स्थित बुद्धआदर्श माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ ।

हाल सो क्वारेन्टाइनमा १ सय ९ जना रहेको र आज (बुधवार) बाँकी रहेका ८३ जनाको पिसीआर विधिबाट स्वाव संकलन गरिएको छ । उक्त संकलन गरिएको स्वाव परिक्षणका लागि विराटनगर पठाइएको छ ।

क्वारेन्टाइनमा रहेकाहरुको स्वाव संकलन जिल्ला स्वास्थ्य कार्यालयका टोली र स्वास्थ्य चौकी बुधवारेका २ जना ल्याव टेक्निसियनको सहयोगमा उनीहरुको स्वाव संकलन गरिएको हो । उनीहरुको रिर्पोट केही दिनमा आउने स्वास्थ्य शाखाले जनाएको छ ।

सो क्वारेन्टाइनमा बुद्धशान्तिका सहित इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका नागरिक रहेका छन् । क्वारेन्टाइनमा भारतको लखनउ, मध्य प्रदेश, कानपुर, दिल्ली, आसाम लगायतका ठाँउबाट आएका धेरै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here