हिमाले वनाएको गमला देशभरमै उत्कृष्ट

0
3125

विर्तामोड ,  वीरता लेडी जेसीजकी कोषाध्यक्ष हिमा पौडेल पाटन जेसीजद्वारा आयोजित लकडाउन क्रिएटीभीटी प्रतियोगितामा सर्बोत्कृष्ट भएकी छिन् ।

इन्डोर प्लान्ट पट (पुरानो कपडा र सिमेन्टको गमला)बनाएर २५ वर्षमाथीको उमेर समूहमा उनी सर्बोत्कृष्ट भएकी हुन् ।
पाटन जेसीजले लकडाउनको समयमा नेपालभरका जेसीज शाखाहरुवीच उक्त प्रतियोगिता गराएको थियो । १६ वर्षदेखि २५ वर्षमाथीको उमेर समूहकाले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा १६ वर्ष उमेर समूहमा लुनिभा श्रेष्ठ , १६ वर्ष देखि २५ वर्ष उमेर समूहमा गृष्मा श्रेष्ठ र २५ वर्षमाथीको उमेर समूहमा हिमा पौडेल सर्बोत्कृष्ट भएका हुन् ।
झापा विर्तामोड ३ विर्तावजारकी पौडेलले युट्युवमा हेरेर इन्डोर प्लान्ट पट बनाउन सिकेको बताइन् । उनले खेर गएका पुराना कपडा र सिमेन्टको प्रयोग गरेर गमला वनाउन सकिने जानकारी दिइन् ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनको समयलाई सदुपयोग गर्दै वनाएको गमला देशभरमै उत्कृष्ट भएकोमा आफू गौरवान्दित भएको वताउँदै यसले अझ काम गर्ने हौसला बढाएको उनी बताउँछिन् ।
वीरता लेडी जेसीजले आफ्ना सदस्यहरुलाई लकडाउनको समयमा अनलाइन तालिम प्रदान गर्दै आइरहेको वीरता लेडी जेसीजकी अध्यक्ष सुष्मा पौडेलले वताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here