होटल ब्यवसायीसंघ झापाले सिडियो मार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझायो

0
1855

बिर्तामोड ।

होटल ब्यवसायी संघ झापाले होटल व्यसायको क्षेत्रमा परेको असर प्रति गम्भिर बन्दै राहतको प्याकेज घोषणा गर्न प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई लाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय झापा मार्फत मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाइएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले ज्ञापन पत्र बुझाउदै होटल ब्यवसायको क्षेत्रमा ठूलो असर परेको बताइन् । कोरोना भाइरसका कारण विश्वकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको र नेपालमा पनि लामो समयदेखि भएको लकडाउनका कारण होटल ब्यवसाय क्षेत्र अस्तब्यस्त भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

ज्ञापन पत्रमा लकडाउनको अवधिभरको पूर्ण रुपमा भाडा छुट हुनुपर्ने र ६ महिनासम्म ५० प्रतिशत छुटको ब्यवस्था गरिनुपर्ने, वित्तिय संस्थाको ब्याज मिनाह तथा ऋण भुक्तानी गर्नु पर्ने समय बढाउनुपर्ने, लकडाउनको अवधिमा कुनै पनि वित्तिय संस्थाको किस्ता तिर्न नसक्ने, बिजुली र पानीमा न्यूत्तम शुल्क मात्रै लिनुपर्ने, ब्यवसायलाई धितोमा राखेर सहुल्यतमा ऋण उपलब्ध सरकारले गराउनुपर्ने लगायतका मागहरु रहेको अध्यक्ष श्रेष्ठले बताइन् ।

अहिले होटल व्यवसाय संकटमा परेकाले व्यवसायीहरु चिन्तित भएको झापा अध्यक्ष श्रेष्ठको भनाई छ । लकडाउन खुलेर व्यवसाय सञ्चालनमा आएपछि सर्तकता अपनाएर व्यवसाय सञ्चालन गर्ने भएकाले होटल क्षेत्रमा कोरोना भाइरसको असर निकै लामो समयसम्म पर्ने अनुमान गरिएको छ । लामो समय ब्यवसाय बन्द गर्नु पर्दा आफुहरु समस्यामा परेको ब्यसायीहरुको भनाई छ । ज्ञापनत्र पत्र बुझाउन अध्यक्ष श्रेष्ठ सहित, वरिष्ठ उपाध्यक्ष नरेश महरा, महासचिव शिव पौडल जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी रानाले ब्यवसायीको समस्याको विषयमा सरकार गम्भिर रहेको उल्लेख गरे । ज्ञापनपत्र मुख्यमन्त्री राईलाई पठाउने भन्दै व्यासायीको हितमा प्रदेश सरकारले निर्णय लिने आश्वासन दिएका छन् ।

झापामा मात्रै करिब पाँच हजारभन्दा धेरै होटलहरु सञ्चालनमा रहेको छ । अन्य समयमा राज्यलाई आफुहरुले सहयोग गर्दै आएको भन्दै अध्यक्ष श्रेष्ठले अप्ठ्यारो अवस्थामा होटल ब्यवसायीहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here