झापाको बुद्धशान्तिस्थित क्वारेन्टाइनमा रहेका पाँच जनामा कोरोना पुष्टि

0
1185

झापा,

झापाको बुद्धआदर्श माविको क्वारेन्टाइनमा बसेकामध्ये ५ जनामा कोरोना संक्रमण देखिएकोछ । जसमा १ जना बुद्धशान्ति गाउँपालिकाको स्थानीय रहेको र बाँकी अन्य जिल्लाका रहेका छन् ।

यो क्वारेन्टाइनमा झापाका विभिन्न नाकाबाट नेपाल प्रबेश गर्नेहरु राखिएका छन्। आफ्नै गाउँपालिका क्षेत्र र पहाडी जिल्लाका मानिसहरूलाई समेत यहाँ राखिएको छ।

क्वारेन्टाइनमा रहेका १०० जनाको पिसिआरका लागि नमुना पठाइएको थियो । जसमा ७९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । बुद्धशान्ति गाउँपालिकाका संक्रमित गत जेठ १३ गते भारतको लखनउबाट आएका थिए । उनीसँगै आएका अन्य ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

अन्य जिल्लाका ४ जना भने सुनौली नाका हुँदै नेपाल प्रबेश गरेको बुद्धशान्ति स्वास्थ शाखा प्रमुख भोलाप्रसाद अधिकारीले जानकारी दिए। संक्रमित पाँचै जनालाई आइसोलेसनमा राख्न धरान लैजाने तयारी भैरहेको छ।

पाँच जनामा संक्रमण पुष्टि भएको झापाका जनस्वास्थ्य अधिकृत जीवन चौलागाईले बताए । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पनि बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका झापा, पाँचथर र ताप्लेजुङका पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । तीमध्ये तीन जना ताप्लेजुङका हुन् ।

बाँकी दुई जना झापा र पाँचथरका रहेको अधिकृत चौलागाईले बताए । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । २३७ जनाको रिपोर्ट भने नेगेटिभ आएको एसपी कोइरालाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here